भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीको चौथो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा फणिन्द्र भट्टराई निर्बिरोध चयन

एलएन गच्छदार

सुन्दरहरैंचा / माघ १२ गते

भट्टराई कुल वंश प्रतिष्ठान सुनसरीको चौथो जिल्ला अधिवेशन शनिबार इटहरीमा सम्पन्न भएको छ ।

भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शेरबहदुर भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले आगामी तीनबर्षे कार्यकालको लागि बराहक्षेत्रका फणिन्द्र भट्टराई आगामी कार्यकालका लागि अध्यक्षमा सर्वसहमत  चयन  भएका छन  । त्यसैगरी सम्पन्न जिल्ला अधिवेशनबाट समितिको उपाध्यक्षमा गोपाल भट्टराई इटहरी  , महिला उपाध्यक्षमा सिता भट्टराई इटहरी, सचिवमा खेमनाथ भट्टराई इटहरी , सहसचिवमा चिरन्जिबी भट्टराई इटहरी र कोषाध्यक्षमा खिना भट्टराई इटहरी सर्वसहमत  निर्वाचित भएका छन्।

यसैगरी सदस्यहरुमा अर्जुन कुमार  भट्टराई ,प्रविन भट्टराई, पदम भट्टराई , देवनारायण भट्टराई , बिदुर भट्टराई , इन्दिरा भट्टराई, लक्ष्मी प्रसाद भट्टराई, देबी  भट्टराई, सुजन  भट्टराई,मिना भट्टराई, बिमला भट्टराई, मेनुका भट्टराई, जनक  भटराई, रेनुका भट्टराई, गोपाल प्रसाद भट्टराई, अमृत भट्टराई रहेका छन्।

निर्वाचन समितिका संयोजक तथा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय सचिव जीवराज भट्टराईको संयोजकत्वमा  सौहार्द्धपूर्ण बातावरणमा सम्पन्न भएको भन्दै भट्टराईले इटहरीका भट्टराई परिवारले न्युनतम ५० हजार देखि ४ लाख सम्म अक्षय कोषमा सहयोग गरेको प्रति आभार प्रकट गर्दै सुनसरी जिल्ला सक्रिय रहेको धारणा राख्नुभयो ।

विशिष्ट अतिथि मोरंग जिल्ला अदालतका न्यायधीश माननीय उद्धव भट्टराईले प्रतिष्ठानले  आफ्नो बंशलाई एक सुत्रमा बाधिएको र कुलबंशको पितृ उद्धारका लागि अघि बढेको प्रति प्रंसशा गर्दै भट्टराई बंशको छोरी बुहारीको समेत गठन भएको प्रति गर्व गर्नुभयो ।  

कार्यक्रममा विभिन्न क्षेत्रमा  योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिएको थियो।, संस्थापक अध्यक्ष दिनेश भट्टराई,स्थापनाकालका संयोजक नारायण प्रसाद भट्टराई, अर्का अध्यक्ष चुडामणि भट्टराई ,पुर्व अध्यक्ष लगायतलाई सम्मान गरेको थियो ।  कार्यक्रममा समितिका सचिव लिलाराज भट्टराईले कार्यक्रम संचालन गर्नुभएको थियो । भट्टराईले आर्थिक प्रतिवेदन,सांगठानिक प्रतिवेदन समेत प्रस्तुत भएको जानकारी गराउंदै  रश्मि  भट्टराईको अध्यक्षतामा छोरीबुहारी संजाल समेत गठन भएको बताउनुभयो ।   बंशावलीलाई डिजिटल बनाउनु पर्ने धारणा राख्दै कुलको श्रीवृद्धि गर्न र संस्कृतिको रक्षा गर्न अघि बढ्ने धारणा राख्नुभयो ।  

प्रतिष्ठानका सुनसरी  जिल्ला अध्यक्ष कृष्ण प्रसाद  भट्टराईको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष शेरबहादुर भट्टराई, , सुनसरी जिल्ला सहायक प्रमुख जिल्ला अधिकारी ओम  भट्टराई, केन्द्रीय उपाध्यक्ष दिनेश भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो कार्यक्रममा  ५ सय भन्दा बढी भट्टराई बन्धुको उपस्थिति रहेको थियो ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *