हमासद्वारा बन्धक बनाइएका नेपाली विपिन जोशी जीवित रहेको इजरायलको विश्वास
काठमाडौं — हमासद्वारा अपहरणमा परेका नेपाली नागरिक विपिन जोशी जीवितै रहेको इजरायलले विश्वास गरेको छ।
इजरायली अधिकारीका भनाइ उद्धृत गर्दै वासिङ्गटन पोस्ट र एपीले प्रकाशित रिपोर्ट अनुसार, जोशीसहित २२ जना बन्धकहरू जीवित रहेको अनुमान गरिएको हो।
२४ वर्षीय जोशी कृषि अध्ययनका लागि इजरायल पुगेका थिए र गाजाको सीमा नजिक किब्बुट्ज अलुमिममा कार्यरत रहेका बेला गत ७ अक्टोबर २०२३ को हमास आक्रमणमा अपहरणमा परेका थिए।
त्यो घटनामा सहभागी १७ नेपाली विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको थियो।
हाल लागू भएको युद्धविराम अन्तर्गत ४८ बन्धक फिर्ता र २,००० प्यालेस्टिनी कैदी रिहा गर्ने सहमति भएको छ।
जोशी गाजामा बाँकी रहेका एकमात्र गैर–इजरायली बन्धक हुन्।
उनको अपहरण भएको आज ३३७ दिन पुगेको छ।
