बेलबारीमा पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता भएको गुनासो

मोरङको बेलबारी नगरपालिका वडा -२ लालभित्ती स्थित खड्का आयल सेन्टरमा पेट्रोलियम पदार्थ बिक्रीमा अनियमितता भएको गुनासो आएको छ। ग्राहकहरूले तेल खरिद गरेपछि परिमाण अपेक्षाकृत कम पाइएको बताएका छन्।

पथरी शनिश्चरेका टेकबहादुर राईले भुक्तानी गरेको रकम अनुसारको पेट्रोल नपाएको गुनासो गरे। उनले यस्तो अनियमितताले उपभोक्ता ठगिएको बताए।

ग्राहकहरूको उजुरीपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले अनुसन्धानका लागि हाल पेट्रोल पम्पमा ताला लगाएको छ। यश विषयमा बुझ्न सञ्चालकसंग सम्पर्क गर्न खाेज्दा सम्पर्क भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *