हिमालय इङ्गलिस स्कुलका बिद्यार्थीलाई पदस्थापन तथा जिम्मेवारी दिदै सपथ ग्रहण
सुन्दरहरैंचा नगरपालिकामा नमुना बिधालयको रुपमा स्थापित्न रहेको हिमालय इङ्गलिस स्कुलको बिद्यार्थी परिषदको निर्वाचनमा निर्वाचित प्रतिनिधिलाई पदस्थापन तथा जिम्मेवारी दिदै सपथ ग्रहण गराएका छन ।
सम्पन्न निर्वाचनमा स्कुल क्याप्टेन जेनिश बिष्ट भाइस क्याप्टेन शिक्षा खनाल गरी ४ जना हाउस क्याप्टेन र ४ हाउस भाइस क्याप्टेन निर्वाचित भएका थिए । उक्त निर्वाचन प्रक्रियामा कक्षा २ देखि माथिका २ सय बिधार्थी सहभागी थिए।
बिद्यार्थीको समाजिक शिक्षामा आधारित रहेर सैद्धान्तिक ज्ञानलाई प्रगोगात्मकरुपमा व्यबहारमा उतार्न, जिम्मेवारी बोध गराउन, नेतृत्व बिकास गर्न, बिधालयको बाताबरणलाई विद्यार्थीमैत्री बनाउन र बिद्यार्थीको सर्वाङ्गिण बिकासका लागि यस किसिमको कार्यक्रम गरेको संस्थापक प्रिन्सिपल कमल खनालले बताए।
विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार ,आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा जानकारी गराई नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराई क्याप्टेन छानिएको हो । प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेलेको प्रिन्सिपल खनालले बताए ।
बिधालयमा प्ले ग्रुप देखि कक्षा ७ सम्म पठनपाठन हुँदै आएको बिधालयमा निकट भविष्यमै मावि सम्म बनाउने लक्ष्य लिएको छ। ४ सय बिधार्थी अध्ययनरत छन् भने २५ जना शिक्षक तथा कर्मचारीलाई रोजगारी समेत प्रदान गरेको उक्त बिधालयले सबै अभिभावक मन जित्न सफल रहेको र अतिरिक्त क्रियाकलापमा समेत राम्रो नतिजा ल्याउन सफल यस बिधालय सबैको आस्थाको केन्द्र बनेको छ।
