उदघोषण , प्रस्ताव लेखन तथा बैठक संचालन तालिम सम्पन्न
सुन्दरहरैंचा।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ४ को आर्थिक सहयोगमा उदघोषण, प्रस्ताव लेखन तथा बैठक संचालन तालिम सम्पन्न भएको छ। मोरङ मिडिया एण्ड सर्भिस प्रा.लिका आयोजना ३ दिन सम्म चलेको थियो।
समापन कार्यक्रममा उक्त वडाका अध्यक्ष कैलाश बस्नेत्को प्रमुख आतिथ्यता सम्पन्न समापन कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी प्रशिक्षार्थीले तालिममा लिएका ज्ञान र सिपलाई व्यबहारमा नउतारे सम्म तालिमको औचित्य नहुने र यसलाई ब्यबहारिक सिकाइरुपमा प्रयोग गर्न अनुरोध गरे।
यस किसिमको तालिमले समाजमा नेतृत्वदायी भुमिका निर्वाह गर्न आफ्नो ब्यक्तितब र क्षमता बिकास भएको सहभागी भावना नेपाल भट्टराईको धारण थियो।
तालिम उपलब्धिमुलक रहेको सहभागीहरुको भनाई थियो भने उक्त तालिममा टोलबिकास संस्था लगायतका प्रतिनिधिले सहभागीता जनाएका थिए।
तालिममा प्रशिक्षक प्रदिप बिष्ट, रेवती निरौला र एलएन गच्छदारले उदघोषण र सो वडाका सचिव अनिल पोखरेलले प्रस्ताव लेखन तथा बैठक संचालनका बिषयमा प्रशिक्षण दिएका थिए।
उक्त कार्यक्रममा वडा मेलमिलाप केन्द्रका संयोजक रविन दहाल, सो वडाका सचिब अनिल पोख्रेल, बर्तमान तथा निवर्तमान जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। उक्त कार्यक्रम मोरङ मिडियाका संचालक शिव भट्टराईको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
