ब्राइट फ्युचरका विद्यार्थी परिषदमा निर्वाचितलाई पदस्थापन तथा सपथ ग्रहण
सुन्दरहरैंचा।।
सुन्दरहरैंचा नगरपालिकाको नमुना बिधालयको रुपमा रहेको ब्राइट फ्युचर माध्यमिक बिधालयको बिद्यार्थी परिषदको निर्वाचनमा निर्वाचित प्रतिनिधिलाई पदस्थापन तथा जिम्मेवारी दिदै सपथ ग्रहण गराएका छन ।
बैशाख २४ गते सम्पन्न निर्वाचनमा स्कुल प्रिफेक्ट छात्र तर्फ परिक्षित ढकाल र छात्रा तर्फ हिमानी फुयाल र भाइस स्कुल प्रिफेक्ट तर्फ छात्रमा हिरामणी भट्टराई र छात्रातर्फ परिशा बस्नेत निर्वाचित भएका थिए। हाउस प्रिफेक्ट तथा भाइस हाउस प्रिफेक्ट गरी ३२ जना निर्वाचित भएका थिए । कक्षा ३ देखि १० सम्मका ५ सय २८ जना बिद्यार्थीको मतदान नामावली थियो भने ५ सय १ जनाले मतदान गरेका थिए ।
बिद्यार्थीको समाजिक शिक्षामा आधारित रहेर सैद्धान्तिक ज्ञानलाई प्रगोगात्मकरुपमा व्यबहारमा उतार्न, जिम्मेवारी बोध गराउन, नेतृत्व बिकास गर्न, बिधालयको बाताबरणलाई विद्यार्थीमैत्री बनाउन र बिद्यार्थीको सर्वाङ्गिण बिकासका लागि यस किसिमको कार्यक्रम गरेको संस्थापक प्रिन्सिपल टिकाराम ढकालले बताए।

विद्यार्थीलाई गोप्य मतदान, प्रतिनिधि छनोट प्रक्रिया, उमेदवारी घोषणा, चुनाव प्रचारप्रसार ,आचारसंहिता, प्रतिबद्धतालगायतको बारेमा जानकारी गराई नेतृत्वदायी क्षमताको विकास गराउने उद्देश्यले विद्यार्थीबीच निर्वाचन गराई क्याप्टेन छानिएको हो । प्रक्रियागत निर्वाचन सम्बन्धिको जानकारी, नेतृत्व चयनमा जनचेतना सहीतको सृजनात्मक अभ्यासले प्रभावकारी भुमिका खेलेको प्रिन्सिपल ढकालले बताए ।
