पहिरो संगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार महिलाको मृत्यु

बिराटनगर : ताप्लेजुङको फक्तालुङ गाउँपालिका-३ खेसेवा स्थितमा पहिरो संगै झरेको ढुङ्गाले लागेर पिकअपमा सवार एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा फक्तालुङ-३ की २६ बर्षीया निर्मला गुरुङ रहेकी छिन ।

भदौ २९ गते दिउँसो साढे २ बजे ताप्लेजुङ सदरमुकामबाट सामान बोकेर फक्तालुङ तर्फ जादै गरेको मे. १ ज १३६२ नम्बरको पिकअप गाडीलाई बाटो माथिबाट पहिरो संगै झरेको ढुङ्गाले किच्दा गुरुङ गम्भिर घाईते भएकि थिईन । घाईते उनलाई उपचारको लागी ताप्लेजुङ जिल्ला अस्पताल लैजादै गर्दा बाटैमा नै मृत्यु भएको थियो ।

पिकअप र चालक फाक्तालुङ-३ का रुपेश सुनुवारलाई जिल्ला प्रहरी कार्यलय ताप्लेजुङले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *