इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति को सर्वदलीय बैठक सुरु
एलएन गच्छदार
जेष्ठ ६ सुन्दरहरैंचा।।
मोरङको सुन्दरहरैंचा नगरपालिकाको सभाहलमा इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समुहको सर्वदलीय बैठक सुरु भएको छ। निर्धारित समयभन्दा १ घन्टा ढिलो सुरु भएको उक्त सर्वदलीय बैठकमा इन्द्रपुर खानेपानी तथा सरसफाइको निर्वाचनलाई कसरी ब्यबस्थित र मर्यादित बनाउन सकिन्छ भन्ने बिषयमा छलफल हुँदै छ।
निर्वाचन आयुक्त केशव अधिकारीका अनुसार निर्वाचनलाई भडकिलो र खर्चिलो नभई निर्वाचन आचारसंहितालाई शिरोधार्य पालन गर्नुपर्ने जोड दिएका छन।

आयोजना उपभोक्ता समितिका सम्पूर्ण उपभोक्ता महानुभावहरुलाई यस संस्थाको निर्वाचन सहितको साधारणसभा हुनलागेको हुँदा वैशाख मसान्तभित्र उपभोक्ताले २०७९ चैत्र मसान्तसम्मको बक्यौता महशुल साथै नामसारी वा नाम सच्याइसक्नुपर्ने भएकोमा उपभोक्ता हरुमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै जेष्ठ ७ गतेसम्म रकम बुझाउने र नाम सच्याउने समय थप गरिएको जानकारी समेत कोषाध्यक्ष कृष्ण प्रसाद भट्टराईले बताए।
सुन्दरहरैंचा नगरपालिका उधोग बाणिज्य संघ, विभिन्न खानेपानी उपभोक्ता समिती, राजनीतिक दल, समाजसेवी, पत्रकार, इलाका प्रहारी कार्यालय, इन्द्रपुर जेसिज, विभिन्न संघसंस्था लगायतका प्रतिनिधिको समेत उपस्थिति रहेको छ। बैठकको सहजिकरण भने अर्जुन बस्नेतले गर्दैछन।

जेष्ठ १३ गते शनिबार ११ बजेदेखि इन्द्रपुर साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका सम्पूर्ण उपभोक्ता साधारणसभा हुँदैछ ।
