ज्ञानज्योती माध्यमिक अग्रेजी बिद्यालयले बिद्यार्थी परिषदको निर्वाचन

१८ वर्षमुनीका बालबालिकाले मतदान गर्न नपाउँने कानुनी व्यवस्था अनुसार उनीहरुले यो अवसर पाउदैनन  । खास गरी विद्यालयमा अध्ययनरत बालबालिकाले मतदान गर्न पाउदैन ।

स्थानीय निर्वाचन शैलीमा सुन्दरहरैंचा नगरपालिका वडा -७ मा रहेको ज्ञानज्योती माध्यमिक अग्रेजी बिद्यालयले बिद्यार्थी परिषदको निर्वाचन सम्पन्न भएको छ।

  समाजिक बिषयको पाठ्यक्रममा सैद्धान्तिक ज्ञान लिने हुँदा ब्यबहारिक ज्ञान संगै विद्यार्थीलाई निर्वाचन सम्बन्धि जानकारी दिनका लागी र बिधालयमा क्याप्टेन , भाइस क्याप्टेन तथा कक्षागत क्याप्टेन र भाइस क्याप्टेन छान्नका लागि  प्रजातान्त्रिक विधि अपनाएको प्रिन्सिपल देवि सिटौलाले बताए।

कक्षा ३ देखि १० सम्मका ६ सय जना बिद्यार्थीले आफुले रोजको बिद्यार्थी छान्न  पाउनेछ्न । बिद्यार्थी नेतृत्व बिकास समेत टेवा पुग्ने हुँदा यसले स्थानीय तहको निर्वाचन शिक्षा प्रणाली समेत सहयोग पुग्ने प्रिन्सिप सिटौलाले बताए।

बिद्यार्थी परिषदमा निर्वाचन छनौटमा २ सय जनाले उम्मेदवारी दिएका थिए भने जस मध्येबाट ५० जना प्रतिनिधि छनौट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *