सिद्धार्थ सेकेण्डरी स्कूलको ३०औं अभिभावक दिवसमा १०५ जना हजुरआमा–हजुरबुवा सम्मान

एलएन गच्छदार , फागुन २३ गते

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा–१० मा रहेको सिद्धार्थ सेकेण्डरी स्कूलले आफ्नो ३०औं अभिभावक दिवस भव्य रूपमा मनाउँदै हजुरआमा–हजुरबुवा सम्मान कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा १०५ जना हजुरबुवा र हजुरआमालाई सम्मानित गरिएको थियो।

संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतका अनुसार, “नातिनातिनासँगै हजुरबुबा–हजुरआमालाई सम्मान गर्ने यस कार्यक्रमले तीन पुस्ताबीचको प्रेम र सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्य राखेको छ।”

घामपानीको चुनौतीलाई मध्यनजर गर्दै हजुरआमा र हजुरबुवालाई छाता र हिड्न लौरो सहित दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रम समाजप्रति  उदाहरणीय रहेको थियो।

समाजिक अभियन्ता नेत्र चौलागाईंले विद्यालयको यो कदमलाई उदाहरणीय र प्रंसशनिय बताउँदै भन्नुभयो, “यो कदमले नातिनातिनाको विकास मात्र होइन, पारिवारिक सम्बन्ध र सांस्कृतिक मूल्यहरूलाई पनि पुनः पुष्टि गरेको छ।”

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थितिसंगै प्रबिधिको विकाससंगै संस्कार सिकाउने उद्धेश्यले यस्ता किसिमको कार्यक्रम गरिएकोले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने  विद्यालय प्रिन्सिपल बस्नेतले व्यक्त गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *