हरियाली सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा ३ दिने उदघोषण तालिम सम्पन्न

सुन्दरहरैंचा

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -६  मा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा ३ दिने उदघोषण  तालिम बिहिबार  सम्पन्न भएको छ। 

 जेठ १५ गते आफ्नै भवनको सभाहलमा सवडिभिजन वन कार्यालय लाटिझोडाका प्रमुख अमृत विलास  पन्तको प्रमुख आथित्यतामा  औपचारिक उदघाटन गरी तालिम संचालन भएको थियो।  प्रमुख अतिथि पन्तले   सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयो गर्न आग्रह गरेका थिए  ।

सो उदघोषण तालिमको सहजीकरण संचारकर्मी एलएन गच्छदार गरेका थिए। सो सामुदायिक वनका अध्यक्ष महेश राईको अध्यक्षतामा तालिम समापन भएको थियो।  तालिम समापन कार्यक्रममा बोल्दै राईले तालिम उपलाब्धिमुलक रहेको बताउदै  सिकेका सिप र ज्ञानलाई व्यबहारमा उतार्नु पर्ने बिषयमा जोड दिए । 

 सामुदायिक वन उपभोक्ताहरुलाई लक्षित गरि २० जनालाई तालिम प्रदान गरेको थियो भने तालिम लिएका सहभागी रिता श्रेष्ठले सुरुमा आउदा केहि बोल्न नसक्ने र डरले शरीर काम्ने गर्थ्यो तर तालिम लिएपछि लाज र डर हराएको भन्दै निर्धक्क साथ बोल्न सक्ने बताएकी छिन।  

सो समापन कार्यक्रममा बिभिन्न सामुदायिक वन उपभोक्ता समुहका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *