इटहरीको पहिलो नागरिक थारु समुदायका युवाहरुको लागि लक्षित गरिएको उद्घोषण तालिम सम्पन्न
सुनसरीको इटहरीमा ७ दिने उद्घोेषण सम्बन्धि तालिम सफलतापुर्वक सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिकाको आर्थिक सहयोग तथा थारु कल्याणकारिणी सभा इटहरी नगर कार्यसमितिको आयोजनामा सो कार्यक्रम एसओएस बालग्राममा बुधबार एक कार्यक्रम बिच सम्पन्न भएको छ।
जेष्ठ १० गते विधिवत नगर उपप्रमुख संगीता चौधरीले कार्यक्रमको उदघाटन गरेको थियो भने तालिमको प्रशिक्षक संचारकर्मी लिलाराज भट्टराई तथा लिलानाथ गच्छदार लगायतले प्रशिक्षण गर्नुभयो।
इटहरीको पहिलो नागरिक थारु समुदायका युवाहरुको लागि लक्षित गरिएको सो कार्यक्रममा उद्घोषण कला सिकाउँदै आफ्नो मनको कुरा बाहिर ल्याउन सक्ने बनाउनको लागि तालिमको आयोजना गरिएको उपप्रमुख संगीता चौधरीले बताउनुभयो । थारु महिलाहरुको बढी सक्रिय सहभागिता रहेको सो आधारभूत ७ दिने उदघोषण तालिममा बोल्न नसकेकै कारण पछाडी परेकाले यस्ता खालका तालिमा अतिनै आवश्यक रहेको उहाँले बताउनु भयो ।
उपप्रमुख चौधरीले आगामी बर्ष पनि महिलाहरुका लागि बिभिन्न सिपमुलक तालिम तथा क्षमता बिकासका कार्यक्रम ल्याउने समेत बताउनुहुदै तालिम लिएर महिलाहरुले भोलिका दिनमा सिकेका कुराहरु व्यवहारमा लागु गरि अन्य कार्यक्रमहरुमा सदुपयो गर्न आग्रह गर्नुभयो ।
यस्तै समापन कार्यक्रमका महिलाहरु नेतृत्वमा पुगे पनि अझै खुलेर बोल्न नसकेका कारण यो उद्घोषण तालिमले महिलाहरुमा निडरता नेतृत्वदायी क्षमता लगायतको बिकास गरेको थारु कल्याणकारिणी सभा केन्द्रीय पार्सद सुशिला चौधरीले आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।
उहाँले महिलाहरुका लागि संबिधानले अधिकार दिए पनि कार्यान्वयन हुन नसकेको र महिलाहरु अहिले पनि खुलेर बोल्न नसकेको बताउनु भयो । उहाँले क्षेमता हुँदाहुँदै पनि बोल्न नसकेका थारु महिलाकाहक अधिकारका लागि भएपनि उदघोषण तालिमले धेरै कुरा सिकाउने बताउनुभयो ।
सफलता प्राप्ति गर्नु नै सफल हुनु होइन सफलता जोगाइ राख्नुपर्ने भन्दै तालिममा सिकेका विषयवस्तुले जीवनमा कुनै न कुनै सकारात्मक परिवर्तन सँगै नेतृत्व थारु युवाहरूले कुशलतापूर्वक निर्वाह गर्न सकिने तालिम प्रशिक्षक लिलाराज भट्टराईले बताउनुभयो। प्रशिक्षक भट्टराईले तालिम लिएका सहभागीले कुशलता पुर्वक तालिम लिएको र सिकाएका बिषयहरु सहभागीले ब्यबहारमा ल्याउदा उदाहरणीय रहेको उल्लेख गर्नुभयो।





तालिममा सहभागी भएका करिना चौधरीले प्रशिक्षकको खुबीको प्रसंसा गर्दै ७ दिने उदघोषण तालिम लिएर आफु स्टेजमा र मासमा बोल्न सक्ने बताउनुभयो।
सहभागिको तर्फवाट कन्चन माझीले यो उद्घोण तालिमले आफुलाई धेरै कुरा सिकाएको बताउनु भयो । अव कुनै पनि कार्यक्रम चलाउँदा वा बोल्दा ढुक्कले बोल्न सक्ने भएको र आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
त्यसै गरि सहभागी एलिसा चौधरीले मल्टिमिडिया, अडियो भिडियो सहित मनोरन्जनात्मक खेल पद्दति साथै मनोबैज्ञानिक तवर यस्तो किसिमको तालिम पहिलोपटक लिएको भन्दै प्रशिक्षक प्रति अभार प्रकट गर्नुभयो।
यस्तै अर्का सहभागी एलिना चौधरीले यस्तो तालिम आफुले पहिलो पटक लिएको र यो सिकाईको सदुपयोग गर्दै समाजमा अगाडि वढ्न सके भोलिका दिनमा समाजको नेतृत्वकर्ता वन्न सकिने आफुले महसुस गरेको धारणा व्यक्त गर्नु भएको थियो ।
यस्तै कार्यक्रम सहभागीहरु प्रतिमा चौधरीले यो तालिमले आफुहरुलाई धेरै कुरा सिकाएको र आगामी दिनमा महिलाहरुको लागि सिपमुलक र क्षमता बिकासका कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।
तालिममा सहभागि भएकालाई प्रमाण पत्र समेत वितरण गरिएको थियो भने समापन कार्यक्रममा थारु कल्याणकारणी सभाका प्रतिनिधि साथै विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
