पुर्वान्चल पब्लिकको १५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस
सुन्दरहरैंचा / फागुन २६ गते
सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ मा रहेको पुर्वान्चल पब्लिक सेकेण्डरी स्कुलको १५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
सुन्दरहरैंचा नगरपालिकाका निवर्तमान नगरप्रमुख शिवप्रसाद ढकालले सो कार्यक्रमको उदघाटन गर्दै बोल्दै विद्यार्थीहरुको शैक्षिण गुणस्तर संगै व्यवहारिक शिक्षा अहिलेको आवश्यकता रहेको बताउदै समय सापेक्ष रुपमा विद्यालयले शिक्षण सिकाई क्रियाकलापमा परिर्वतन समेत गराउनुपर्ने बताउनुभयो ।
बिधालयका प्रिन्सिपल सन्तोष राईले बिधालयको प्रगति विवरण तथा बार्षिक नीति तथा कार्यक्रमको बारेमा आफ्ना धारणा प्रस्तुत गर्नुभयो ।
प्रमुख अतिथि निवर्तमान नगरप्रमुख ढकालबाट सो कार्यक्रममा समाजमा योगदान गरेका बिशिष्ट व्यक्तित्व भगवान मोक्तान, बालकृष्ण सिग्देल लगायतलाई सम्मान गरेको थियो।

साथै शिक्षक तथा कर्मचारीको उच्च मुल्यांकन गर्दै उकृष्ट कर्मचारी तथा शिक्षक सम्मान, पुर्व विद्यार्थी सम्मान, उत्कृष्ट अभिभावक सम्मान समेत गरिएको थियो। सो कार्यक्रममा विविध सांस्कृतिक नृत्य साथै फेसन सो, तथा बिभिन्न विद्यामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।
सो कार्यक्रममा सो वडा अध्यक्ष गणेश चौधरी, निवर्तमान वडाअध्यक्षहरु चैतन्य सिटौला, शैलेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
