क्वेष्ट इङ्लिस माविमा ‘Red Color Day’ उत्सव उत्साहपूर्वक सम्पन्न

 

क्वेष्ट इङ्लिस माविमा ‘Red Color Day’ उत्सव उत्साहपूर्वक सम्पन्न

एलएन गच्छदार

सुन्दरहरैंचा नगरपालिका–८ स्थित क्वेष्ट इंग्लिस माध्यमिक विद्यालयमा आयोजित ‘Red Color Day’ उत्सव बालबालिकाको उत्साह, सिर्जनात्मकता र सहयोगात्मक सहभागिताले भरिपूर्ण रह्यो। कार्यक्रममा सहभागी बालबालिकाहरूले रातो रङको पहिरनमा सजिएर विविध सांस्कृतिक प्रस्तुति, कला र सिर्जनात्मक गतिविधिमा भाग लिएका थिए।

रातो रङले प्रेम, शक्ति, उमंग र उत्साहको सन्देश बोकेको भन्दै विद्यालयले यस कार्यक्रमलाई बालमैत्री शिक्षण विधिको अभ्यासका रूपमा लिएको जनाएको छ।

कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल दिपक क्षेत्रीले बालबालिकाको सर्वांगीण विकासमा यस्ता रङसम्बन्धी गतिविधिहरूले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे। “रङ र उत्सवको माध्यमबाट बालबालिकामा आत्मविश्वास, अभिव्यक्ति क्षमता र सामाजिक समन्वयको विकास गर्न सकिन्छ,” प्रिन्सिपल क्षेत्रीले भने।

कार्यक्रममा अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनको समेत सक्रिय उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनहरूमा यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *