लायन्स क्लब अफ गछिया– २०२५/२०२६ का लागि नयाँ कार्यसमिति चयन
एलएन गच्छदार / जेठ १ गते , बिहीवार
सुन्दरहरैंचा—लायन्स क्लब अफ गछियाको वर्ष २०२५/२०२६ कार्यकालका लागि नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन गरिएको छ। क्लबका लायन्स लिडरहरूबाट जिम्मेवार पदहरूमा नयाँ कार्यसमिति चयन गरी कार्यभार हस्तान्तरण गरिएको हो।
नवगठित कार्यसमितिको अध्यक्षमा लायन हेमन्त भट्टराई चयन हुनु भएको छ। प्रथम उपाध्यक्षमा लायन अनिल श्रेष्ठ, दोस्रो उपाध्यक्षमा लायन कृष्ण कुमार कटुवाल, र तृतीय उपाध्यक्षमा लायन शर्मिला आचार्य चयन हुनुभएको छ।
सचिवको जिम्मेवारी लायन रोजिना खड्काले सम्हाल्नुहुनेछ भने कोषाध्यक्षमा लायन मातृका दाहाल चयन हुनुभएको छ। सह–सचिव लायन मुना आचार्य र सह–कोषाध्यक्ष लायन समिरजङ रायमाझी हुनुहुन्छ।
क्लब प्रशासन प्रमुखको रूपमा लायन गणेश दाहाल नियुक्त हुनु भएको छ। साथै, क्लब निर्देशक (Club Directors) मा निम्न लायन सदस्यहरू चयन भएका छन्:
- लायन विशाल खरेल
- लायन मुनाल कालाखेती
- लायन लिला प्रसाद अधिकारी
- लायन पार्बती गच्छदार
- लायन कमला न्यौपाने
- लायन तेज प्रसाद ढुङ्गेल
नयाँ कार्यसमिति चयनप्रति क्लबका सदस्य, शुभचिन्तक र स्थानीय लायन्स लिडरहरूले बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। क्लबले आगामी दिनमा सामाजिक सेवा, सामुदायिक विकास, स्वास्थ्य, शिक्षा तथा वातावरण सम्बन्धी कार्यक्रमहरूमा अझ प्रभावकारी रूपमा अग्रसर हुने विश्वास व्यक्त गरिएको छ।
