महिनावारी सचेतना कार्यक्रम “Empower Her Flow” सुरु

 

सुन्दरहरैंचा / मोरङ – JCI इन्द्रपुर र JCI इन्द्रपुर ज्युनियरको संयुक्त आयोजना तथा लायन्स क्लब अफ इन्द्रपुरको सह–आयोजनामा महिनावारी सचेतनासम्बन्धी विशेष कार्यक्रम “Empower Her Flow” बिहीवारदेखि संचालन भएको छ।

सलकपुरस्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलबाट सुरु भई विधार्थीहरुलाई महिनावारीसँग सम्बन्धित स्वास्थ्य र सचेतनाबारे जानकारी दिइएको थियो।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुले महिनावारीको समयमा अपनाउनुपर्ने सरसफाइ, मानसिक स्वास्थ्य, सामाजिक मिथक र दुव्र्यवहारका असरबारे प्रष्ट पार्दै खुला छलफल पनि गरेका थिए।

यस अवसरमा JCI इन्द्रपुरका अध्यक्ष आकाश दुलालले महिलाको स्वास्थ्य र आत्मविश्वास सुदृढ बनाउन यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

सो कार्यक्रम १५ वटा विधालयमा संचालन गरी १ हजार छात्रालाई सो समबन्धि सचेतना तालिम गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पार्वती गच्छदारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *