सुकुना क्याम्पसमा प्रदर्शनी समापन र अतिरिक्त क्रियाकलापको पुरस्कार वितरण कार्यक्रम सम्पन्न


फागुन २३‚ विराटचोक ।
सुकुना बहुमुखी क्याम्पस‚ सुन्दरहरैँचा‚ मोरङको अतिरिक्त क्रियाकलाप समितिको आयोजनामा फागुन ३ गते देखि १८ गतेसम्म सञ्चालन भएको अतिरिक्त क्रियाकलापको कार्यक्रममा विभिन्न खेलमा विजयी भएका खेलाडिहरूलाई फागुन २३ गते बुधबारका दिन विहान एक समारोह बिच पुरस्कार वितरण गरिएको छ ।

विहानीसत्रमा भएको पुरस्कार वितरण कार्यक्रममा एथलेटिक्स तर्फका १०० मिटर‚ २०० मिटर‚ ४०० मिटर‚ १५०० मिटर दौड‚ हाइजम्प र लङजम्पतर्फ विजेता छात्र तथा छात्राहरूलाई कायाम्पस प्रमुख अर्जुनराज अधिकारीले प्रमाणपत्र वितरण गरिएका थिए । त्यसैगरी छात्र र छात्रा तर्फको भलिवल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडि‚ बास्केटव खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडि‚ फूटबल खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडि र क्रिकेट खेलमा प्रथम तथा द्वितीय स्थान प्राप्त गर्ने खेलाडिहरूलाई प्रमुख अतिथिका रुपमा रहेका क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले नगद पुरस्कार‚ मेडल र प्रमाणपत्र वितरण गरेका जानकारी सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी गराए ।

अतिरिक्त क्रियाकलाप समितिका संयोजक विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक खगेन्द्रराज दहालले गरेका थिए ।
विहान १०:०० बजेदेखि सञ्चालन भएको अन्तिम दिनको विज्ञान‚ प्रविधि तथा व्यवसायिक प्रदर्शनी SMC InnoveX 2080 को समापन कार्यक्रम समापन गरिएको छ । अन्तिम दिन विभिन्न विद्यालय‚ क्याम्पस‚ समूदाय‚ व्यापारिक प्रतिष्ठान‚ अभिभावक‚ शिक्षक र विद्यार्थीहरू गरी २५ हजारभन्दा बढिले अवलोकन गरेको जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले गराएका छन् ।

प्रदर्शनी समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले प्रदर्शनीमा विद्यार्थीले प्रस्तुत गरेका सिर्जनात्मक प्रस्तुतिको अवलोकन गर्दा गौरवान्वित भएको विचार व्यक्त गरेका थिए भने त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय विराटनगरका डेपुटि डाइरेक्टर डा. डिल्लिराम प्रसाईंले सुकुना क्याम्पस पूर्वकै प्रतिष्ठित संस्थाका रुपमा स्थापित भएको तथा विद्यार्थीहरूका प्रयोगात्मक कार्य र व्यापारी प्रतिष्ठानको सहयोगबाट प्रभावकारी प्रदर्शनी गरेकोमा क्याम्पसको ख्याति बढेको धारणा व्यक्त गर्नु भयो ।

प्रदर्शनीमा स्टल राख्ने विद्यार्थी‚ व्यापारी‚ प्रतिष्ठान र स्वयमसेवकहरूलाई सहायक क्याम्पस प्रमुख बलराम पोखरेल‚ विज्ञान कार्यक्रमका संयोजक टिकाप्रसाद उपाध्याय‚ बिबिए कार्यक्रमका डाइरेक्टर शङ्कर देवानको टोलीले प्रमाणपत्र वितरण गर्नु भएको थियो । प्रदर्शनीमा सहयोग गर्नुहुने सबैलाई क्याम्पस प्रमुख अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । औपचारिक समापन कार्यक्रममा प्रदर्शनी व्यवस्थापन समितिका संयोजक एलिस ओझा र सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले स्वागत गर्नु भएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा भएको समापन कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दहालले गर्नु भएको थियो ।
तेस्रो चरणमा अपरान्ह ३:००बजेदेखि विद्यार्थीहरूले साँस्कृतिक तथा साहित्यिक कार्यक्रम सञ्चालन गरी SMC InnoveX 2080 समापन गरिएको जानकारी कार्यक्रम व्यवस्थापन समितिका संयोजक एलिस ओझाले जानकारी गराएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *