सुनसरीको दुहबीमा बालकृष्णराधा बन्ने रहर

चन्दन रौनियार

कृष्णा भगवान जन्माष्टिमिको पुर्व सन्धयामा अघिल्लो दिन सुनसरीको दुहबी नगरपालिका दुहबी वडा न.४ स्थित रहेको निजि  बिधालय महेन्द्र मेमोरियल बोडिङ स्कुलले पनि पछिल्लो समय विद्यालयमा पनि जन्माष्टमीको अवसरमा साना बालबालिकालाई बालगोलाप तथा राधाको पोसाक लगाएर संस्कृति तथा परम्परा चिनाउने गरिन्छ ।

बालबालिकालाई भगवान कृष्णको जीवनी पढाउँदै यो पर्वमा गरिने हरेक क्रियाकलाप गरेर रमाइलो गर्ने चलन रहेको महेन्द्र मेमोरियल बोडिङ स्कुलका संचालक प्रिन्सिपल निश्चलराज शाक्यले  बताए। ‘‘पछिल्लो समय हरेक विद्यालयमा कार्यक्रम हुन थालेका छन्, यो समयमा धार्मिकसँगै सांस्कृतिक कार्यक्रम, मट्का फोड कार्यक्रम गर्ने गरिन्छ’’, शाक्य  भन्छन्, ‘‘विद्यालयमा हरेक पर्व मनाउने अभ्यास थालिएको छ । यसले बालबालिकालाई पनि सिकाइ हुन्छ ।’’ बालगोपालका आनीबानीमा प्रेरित भएर बालबालिका पनि यसमा रमाउने गरेको पाइएको शाक्यले बताए ।

‘‘बाललीला, दही चोर लीला अनुकरण गर्ने र आस्था प्रकट गरिन्छ, भगवान कृष्णको लीलालाई दोहो¥याएर बालबालिकाले कृष्ण, राधा बन्ने, सामूहिक रुपमा मट्का फोड्ने काम गरेको पाइन्छ’’, उनले भने, ‘‘यसले आत्मियता, सामूहिक कार्य गर्ने भावनाको विकास हुन्छ । एकआपसमा सद्भाव बढाउन सघाउँछ ।’’ उनका अनुसार सामान्यतया पर्व आस्था प्रकट गर्न, एक अर्कामा सद्भाव र मायाप्रेम साट्न, संस्कृति जोगाउन गरिन्छन् ।

‘‘पर्वमा देखिएका उत्ताउलापन रोक्नुपर्छ । पर्वको स्वरुप विकृत गर्नुहुँदैन’’, उनले भने, ‘‘हरेक पर्व क्षमता हेरे मनाउनुपर्छ । पर्वको स्वरुप विकृत भएमा समाज पनि विकृत हुन्छ ।’’  नर्सरी कलाष कक्षा देखि  ६ सम्म काबिधार्थी भाईबहिनिहरुलाई गोपाल राधाकृष्ण बनाएर बजार घुमाएर दुहबी नगरपालिका वडा न.६ स्थितरहेको ऐतिहासिक राधाकृष्ण मन्दिर परिसर गएर समापन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *