चोरीको २ वटा मोटरसाईकल सहित ६ जना पक्राउ

योगेन्द्र योगी
बिराटनगर : इलाका प्रहरी कार्यालय धरान सुनसरीले चोरीको २ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको बिष्णुपुर गाउँपालिका-१ का २३ बर्षीय दिपक कुमार यादव, राजबिराज नगरपालिका-१ का २० बर्षीय मो.सर्फराज इराकी, राजविराज नगरपालिका-२ का २४ बर्षीय लालु भन्‍ने मो.रहमान रहेको सुनसरीका एसपी विपिन रेग्मीले जानकारी दिए।

यस्तै, राजविराज नगरपालिका -२ का अरविन यादव, सिराहा जिल्ला घर भई हाल बिराटनगरमा डेरा गरी बस्ने ऋतिक यादव र सुरज साह रहेको  एसपी रेग्मीले बताए। भाद्र ३ गते धरान उप-महानगरपालिका-१७ रेल्वे चोकबाट मोटरसाईकलको चोरी भएको जानकारी पाएपछी खोजतलाशमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १-०२-०४४ प.५९४२ नं.को केटीएम डुके र बा.१४.च. ८०२६ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल पक्राउ गरिएको जनाएको छ

यस्तै,मोटरसाईकल चोरी गर्न प्रयोग गरीएको बा १४ च ८०२६ नम्बरको स्कारपियो गाडी सहित उनीहरुलाई पक्राउ गरेको उनले बताए। चोरीको मोटरसाईकल सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *