नेपालकै पहिलो एम्बुलेस महिला चालक लिला बास्ताकोटी सम्मानित


एलएन गच्छदार
कार्तिक १८ गते
झापा जिल्ला दमक नगरपालिका-१ घर भएकी नेपालकै पहिलो एम्बुलेन्स महिला चालक लिला बास्ताकोटी सम्मानित भएकी छिन।
महिला अधिकारका लागी राष्ट्रिय अभियान कोशी प्रदेश स्तरीय क्षेत्रीय भेला तथा विशेष साधारण सभाले बेलबारीमा आयोजना गरेको कार्यक्रममा बास्ताकोटीले समाज र राष्ट्रलाई पुर्याएको योगदान बापत उच्च मुल्यांकन गर्दै सम्मानित गरेको हो।

कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवारको बाहुलीबाट बास्ताकोटीलाई सम्मान पत्र बितरण गरेको थियो।

उनी २०७४ सालदेखि निरन्तर दकम नगरपालिकाद्वारा सञ्चालित दमक अस्पतालको एम्बुलेन्स चालक रही नेपालको पहिलो महिला एम्बुलेन्स चालकको रूपमा कार्यरत हुदै ग्रामिण भेगका महिलाहरूको लागि उदारणीय पात्र बनी सदैव समाज र देशको सेवा गर्दै आएकी छिन।

उक्त कार्यक्रममा बास्ताकोटीको कार्यको उच्च कदर गर्दै स-सम्मान यो सम्मान-पत्र प्रदान गरिएको महिला अभियन्ता कल्पना घिमिरेले जानकारी दिईन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *