आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति गर्न नसकेको मन्त्री लेखीको टिप्पणी

मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन भएको अनुभूति गर्न नसकेको बताएका छन् ।

बिहीबार जनकपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भए पनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन । हिजो नौ बजे म एउटा प्रहरी चौकीमा पुगें, प्रहरीहरु निदाइरहेका, सुतिरहेका थिए ।’
हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौं । हाम्रा सुरक्षाकर्मीहरु पनि त्यत्तिकै जिम्मेवार छन्, यो विषयमा । तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो,’ उनले थपे । अहिलेकै जस्तो अवस्था रहीरहे सुरक्षाका लागि बजेट किन दिने भनेर समेत उनले प्रश्न गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *