पञ्चायत माविमा नगर स्तरीय सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु
पञ्चायत माविमा नगर स्तरीय सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु
पथरी शनिश्चरे समाचारदाता, मङ्सिर -१३गते
। मोरङको पथरीशनिश्चरे नगरपालिका—१, मा रहेको पञ्चायत माविमा तीन दिने सांगीतिक पीटी व्यवस्थापन, गुणस्तरीय शिक्षा र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सुरु भएको छ ।
नमुना घोषित पञ्चायत माविको आयोजनामा सुरु भएको कार्यक्रम नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा र १ नं. वडा कार्यालयको आर्थिक सहयोगमा सुरु भएको हो ।
विद्यार्थीलाई जागरुक र अनुशासित राख्न संगीतको तालमा ४१ वटा पीटी (फिजिकल ट्रेनिङ) सिकाइने प्रशिक्षक हरिश ओलीले बताए ।
त्यसैगरी सरकारी विद्यालयमा नेपालकै उत्कृष्ट मानिएको रुपन्देही बुटवल—१० मा रहेको कालिका माविका प्रधानाध्यापक दिनेश थापाले शैक्षिक गुणस्तर सुधारको लागि शैक्षिक व्यवस्थापन महत्वपूर्ण भूमिका हुने भन्दै अनुभव सुनाउनु भयाे।
थापाले नगरमा रहेका २८ वटा सरकारी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुलाई आफ्नो अनुभव शेयर गरेका गर्नु भएकाे थियाे।
नेपालमै उत्कृष्ट बन्न सफल कालिकाका प्रअ थापाले शैक्षिक व्यवस्थापन विद्यालयको गेटैबाट सुरु हुने बताए । विद्यालयको गेट कस्तो छ ? गेटमा बस्ने पालेको व्यवहार, त्यसपछि विद्यालयको सरसफाइ, शौचालयको सफाइ, शिक्षकहरुको विद्यार्थीसँगको सम्बन्ध मैत्रीपूर्ण हुनुपर्ने बताउनुभयाे।
सरसफाइ सफाइ कर्मचारी मात्र नभएर विद्यालयका प्रधानाध्यापक, शिक्षकरु, विद्यार्थी सबै लाग्नुपर्ने प्रअ थापाले बताउनुभयो ।
शिक्षकहरुको विषय अनुसारको छुट्टाछुट्टै कार्यालयहुनुपर्ने र हरेक शिक्षक विद्यार्थीको भावना बुझ्ने सिर्जनसिल, मेहनेतीेे हुनुपर्ने थापाले नगरका प्रधानाध्यापक र विद्यालयका अध्यक्षहरुलाई सुनाउनुभयो ।
तीन दिनमा उत्प्रेरकहरुले विद्यार्थी, शिक्षक, अभिभावकहरुलाई समेत शैक्षिक गुणस्तर वृद्धिको लागि आफ्नो अनुभव सुनाउने कार्यक्रम रहेको छ ।
कार्यक्रम सुरुहुनु अघि पञ्चायत मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज बास्कोटाको सभापतित्वमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्यतामा उद्घाटन भएको थियो ।
कार्यक्रम पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले स्वागत तथा कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए । संविधान सभा सदस्य चण्डीप्रसाद राई, पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राई लगायतले शुभकामना दिइएको कार्यक्रममा पथरीशनिश्चरे शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायतको उपस्थिति रहेका थिए । संगीतसहितको पीटी मा २८ वटा विद्यालयबाट पठाइएको करिव ५ सय विद्यार्थी र रहेक स्कुलका २ भन्दा बढी पीटी शिक्षकहरु सहभागी हुने आयोजक पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताउनु भयाे।
