गृह,सञ्चार तथा कानून मन्त्री लेखीलाई भूमिगत समुहको धम्की

मङ्सिर १४ गते । मधेश प्रदेशका गृह,सञ्चार तथा कानून मन्त्री राज कुमार लेखीले जनतान्त्रिक तराई मुक्ती मोर्चाका (भूमिगत समुह) संयोजक जय कृष्ण गोइतले आफुलाई भारतीय नम्बरवाट हवाटसऐपमा फोन गरी आर्थिक सहयोग माग गरेको र आफुले दिन अस्विकार गरेपछि आफुलाई धम्की दिएको बताउनु भएको छ ।

गृह ,सञ्चार तथा कानून मन्त्रालय मधेश प्रदेशको सभाहलमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले आफुलाई गोइतले पटक पटक फोन गरेर आर्थिक सहयोग मागेको र आफु दिन अस्विकार गरेपछि तेस्रो पटक आफुलाई फोन गर्दा धमकी पुर्ण तबरले तपाइले पैसा कसरी दिने हो त्यो मलाइ थाहा छ भनेर मलाई धमकी दिएको र यस वारेमा प्रदेशको सुरक्षा वैठकमै प्रहरी अधिकारीहरुलाई जानकारी गराइसकेको पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

 

उहाँले आफुले चार जिल्ला रौतहट,धनुषा,सिरहा र सप्तरीका केही प्रहरी चौकी र इलाका प्रहरी कार्यालयको अवलोकन निरिक्षण गर्दा प्रहरी इन्र्चाजहरुनै प्रहरी अनुसाशनको पालना नगरेको पाइएको भन्दै नागरिक प्रति जिम्मेवार भएर कामकाज गर्नका लागि सुरक्षा वैठकमा प्रहरी अधिकारीहरुलाई आग्रह गरेको बताउनु भयो । उहाँले आफु पार्दर्शीरुपमा कार्यक्रमहरु गर्न खोज्दा एउटा मिडियाले भक्ताकै लागि कार्यक्रम गरेको भनेर भ्रम फैलाउने किसिमले समाचार समप्रेसन गरेको भन्दै भक्तको निमित नभएर सचेतनाको लागि मन्त्रालयले कार्यक्रम गरेको बताउनु भयो । उहाँले सरकारको कमी कमजोरीको वारेमा औल्याउनु राम्रो कुरा भएपनि पित पत्रकारिता गर्नु राम्रो कुरा नभएको बताउनु भयो ।
उहाँले हामी सबैले अचार सहिंताको पालना गर्नु पर्नेमा जोड दिदै उहाँले मन्त्रालयले आफु आएको चार महिनामा चार वटा कार्यक्रम मात्रै गरेको पत्रकारहरुलाई जानकारी गराउनु भयो । उहाँले जनकपुरधाममा मनाइने साताव्यापी सिता राम विवाह पञ्चमी महोत्सव र बाराको गढीमाइ मेलामा बाहिर बाट आउने तिर्थयात्री र श्रद्धालुहरुको सहजताको लागि सरोकारवाला विभिन्न पक्ष सँग समन्वय भइरहेको र बाराको बरियारपुरमा मंसिर १५ गते शनिबार ११ वजे सुरक्षा वैठककै आयोजना गरिएको बताउनु भयो । उहाँले विवाह पञ्चमी महोत्सवमा १४ सय भन्दा बढी सुरक्षा कर्मी जनकपुरधाममा परिचालन गर्ने स्थानीय प्रशासनले जानकारी गराएको बताउनु भयो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *