रास्वपाको बारा बैठक तनावग्रस्त, सांसदहरूलाई प्रहरीले सुरक्षा दिँदै बाहिर निकाल्यो

बारा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक विवादका कारण शनिबार तनावपूर्ण बनेको छ। कलैयामा आयोजित बैठकमा आन्तरिक असन्तुष्टि चर्किँदा केही प्रतिनिधिसभा सदस्यलाई कार्यकर्ताले बैठक स्थलबाटै बाहिर जान बाध्य पारेका हुन्।

बैठकमा प्रतिनिधिसभा सदस्य रहबर अन्सारी, अरबिन्द साह, गणेश धिमाल तथा नेता चन्दन सिंह सहभागी थिए। सहभागीहरूका अनुसार संस्थापक पक्षमाथि दबाब सिर्जना गर्ने प्रयास भएको आरोपपछि बैठकमा विवाद सुरु भएको थियो।

विवाद तीव्र बन्दै गएपछि आक्रोशित कार्यकर्ताले सांसदहरूलाई धक्का दिँदै बैठकस्थल बाहिर निकालेका थिए। अवस्था नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले हस्तक्षेप गर्दै उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको जनाएको छ।

केही दिनअघि मात्रै रास्वपाका संस्थापक जिल्ला अध्यक्ष चन्दन स्वर्णकारको सदस्यता खारेज गरिएपछि बारा जिल्लामा पार्टीभित्रको विवाद थप गहिरिएको बताइएको छ। त्यसयता संस्थापक पक्ष र वर्तमान नेतृत्वबीच असन्तुष्टि बढ्दै गएको कार्यकर्ताहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *