बाल प्रतिभा माध्यमिक अंग्रेजी बिद्यालयमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुल्यो
मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा १० खोर्सानेमा रहेको नगरकै नमुना र गौरव बोकेको बाल प्रतिभा माध्यमिक अंग्रेजी बिद्यालयमा नयाँ शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना खुलेको छ।
ब्यबस्थापन संकाय, कम्प्युटर साइन्स,बिजनेस स्टडिज, म्याथम्याटिक्स संकायमा अध्यापन हुँदै आएको बिद्यालयले अभिभावकको मन समेत जित्न सफल भएको छ।
यस विद्यालयबाट शैक्षिक सत्र २०७९ को SEE परीक्षामा सम्मिलित जम्मा २४ जना विद्यार्थीहरुमध्ये ३.६१ देखि ४ GPA ल्याउने ११ जना, ३.२१ देखि ३.६० GPA ल्याउने ११ जना र २.८० देखि ३.२० GPA ल्याउने २ जना सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ। यस विद्यालयका सम्पूर्ण मेधावी विद्यार्थीहरुलाई हार्दिक वधाई तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै यस विद्यालयलाई यस स्थानमा पुर्याउनु हुने सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति तथा सम्पूर्ण शुभचिन्तकहरु रहेको संस्थापक प्रिन्सिपल गणेश दहाल बताउँछन् ।


उत्कृष्ट व्यवस्थापन भएका सफल बाल प्रतिभा माध्यमिक अंग्रेजी बिधालयलर समाजिक उतरदायित्व निर्वाह गर्दै विभिन्न अतिरिक्त क्रियाकलापमा जिल्लामै उत्कृष्ट हुँदै नमुना बिधालय बनेको छ। विद्यालय संस्थापक तथा प्रिन्सिपल दाहालले बाल प्रतिभाको मुख्य उद्देश्य संस्कार र प्रबिधि युक्त शिक्षा दिनु रहेको कुरामा जोड दिएका छन ।
बाल प्रतिभा २९ वर्ष अघिको इतिहास बोकेको शैक्षिक गुणस्तरीय शिक्षा, शान्त बातावरण तथा मैत्रीपूर्ण, इन्ट्राक्टिभ बोर्डबाट पठनपाठन, शान्त बातावरण, पुस्तकालय, कम्प्युटर ल्याब सहितको पठन पाठन हुदै आएको छ। सबै कक्षा कोठामा सिसि क्यामराबाट बिधार्थीलाई निगरानी गर्दै सबै अबिभाबकको आशा र भरोसाको केन्द्र बन्दै बाल प्रतिभाप्रति आकर्षण बढ्दै गएको छ।
बिधालयमा प्ले ग्रुप देखि कक्षा १२ सम्म अंगेजी माध्यममा पठन पाठन हुँदै आएको छ भने १ हजार भन्दा बढी बिद्यार्थी रहेको बिधालयमा शिक्षक र कर्मचारी गरि ६१ जना रहेका छन।।
