ट्राफिक सप्ताह २०८० सुरु, सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा

ट्राफिक सप्ताह २०८० सुरु सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा कोसी प्रदेशका १४ वटै जिल्लालाई लक्षित गरेर मंगलबारदेखि २०८० सालको ट्राफिक सप्ताह सुरु गरिएको छ।

सडकमा लेन अनुशासनको पालना गराउने र सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यसहित प्रदेश राजधानी विराटनगरमा सप्ताहको भव्य उद्घाटन संगै तेश्रो दिन सुन्दरहरैंचामा सार्वजनिक सवारी चालकलाई नि:शुल्क स्वास्थ्य सेवा संचालन गरेको थियो। सवारी साधन दुर्घटना बढेपछि सचेतना अभियानलाई तीव्रता दिएको छ ।

सवारी चालकको स्वास्थ्य जाँच, आँखा परीक्षणका साथै यान्त्रिक परीक्षण अभियान थालेको हो । ७० जना सार्वजनिक सवारी चालक सहित १ सय ५० भन्दा बढीले स्वास्थ्य लाभ लिएका छन्। आँखा जाँच र स्वास्थ्य परीक्षणका वल्ड प्रेसर, सुगर टेष्ट , अक्सिजन लेभल चेकजाच लगायत स्वास्थ्य परिक्षण गरिएको थियो। उधोग बाणिज्य संघ सुन्दरहरैंचाको सभाहलमा कोशी प्रदेश प्रहरी अस्पतालको प्रहरी नायब उपरीक्षक डा. सरोज सिंहको नेतृत्व टोलिले स्वास्थ्य परिक्षण गरेका थिए।

कतिय दुर्घटना चालक अस्वस्थ हुँदा चालकको लापरबाहीले दुर्घटना हुने गर्दछन, त्यसलाई न्यूनीकरण गर्न स्वास्थ्य परिक्षणले समेत सहयोग पुग्ने छ। १४ वटै जिल्लालाई लक्षित गरेर प्रहरी सप्ताह मनाउदै छ। प्रहरी उपरीक्षक श्यामकुमार महोतोका अनुसार चालकको स्वास्थ्य पहिचान गर्न र यस किसिमको कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न मदत पुग्ने बताए।

सार्वजनिक सवारी चालक ७१ जना सर्वसाधारण गरेर १ सय ५० जनाले स्वास्थ्य लाभ लिएका छन। कतिपय श्रमिक सवारी चालकहरु स्वास्थ्य परिक्षण गर्न समय नपाइरहेकोअवस्था सचेत गराउन समेत कार्यक्रमले महत्वपूर्ण भूमिकका खलेको नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका अध्यक्ष अजिता देवकोटा बास्तोलाको भनाई छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ