सुन्दरहरैंचामा जातिय विभेद विरुद्ध युवाले गरे डा. परियारलाई सम्मान
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा ८ मा रहेको सार्वजनिक शौचालयको पुस्तकालय हलमा जातिय विभेद बिरुद्ध युवा सुन्दरहरैंचाले लेखक तथा अभियन्ता डा. मित्र परियारलाई स्वगत तथा सम्मान कार्यक्रम गरेका छन।
दलित जातिय मुक्ती तथा सशक्तीकरणका लागि अगमामी मार्ग चित्र तथा समाज कुरिती बिरुद्धको अभियान योगदान पुर्याएबापत स्वागत तथा सम्मान गरिएको जातिय विभेद बिरुद्ध युवा सुन्दरहरैंचा संयोजक बेदनिधी कार्की डोली ( यमन) ले बताए।
कार्यक्रममा संयोजक कार्कीले सबै किसिमका जातिय ब्यबस्थाद्धारा सृजना भएका समाजिक तथा साँस्कृतिक बिकृत र विभेद न्यूनीकरण गरि सु-सभ्य समाज निर्माण गर्नु युवा पुस्ता लाग्ने र समाजिक सद्भाव अभिबृद्धी हुने बताए।
कार्यक्रममा सुन्दरहरैंचा कार्यपालिका सदस्य टुनाकुमारी बिश्वकर्मा, दलित समन्वय समिती सुन्दरहरैंचा अध्यक्ष कुमार मिजार , श्रीकृष्ण प्रणामी युवा परिषद जिल्ला अध्यक्ष माधव भट्टराई, अखिल महिला संघ सुन्दरहरैंचा सह-सचिव दिपा बिश्वकर्मा लगायतको उपस्थिति थियो । साथै उक्त कार्यक्रम सामितिका अध्यक्ष प्रदिप परियारले संचालन गरेका थिए ।
को हुन् डा. मित्र परियार ?
डा. परियार भने अष्ट्रेलियाको अक्स्फोर्ड युनिभर्सिटीमा अध्यापन गराएका समाजशास्त्री तथा समाजिक अभियानका सुधारक हुन। अस्ट्रेलियाबाट विद्यावारिधि गरेका परियार नेपाली समाजको नयाँ डिजाइनसहित मानसिक संरचनाकै सल्यक्रिया गर्ने अभियानको नेतृत्व गर्न दुई वर्षदेखि सक्रिय छन् । हजारौँ वर्षदेखि संस्थागत गरिएको जातीय विभेदको पर्खाल भत्काएर समता, मर्यादा र स्वतन्त्रताको स्वच्छन्द संसार निर्माण गर्ने अभिलाषासाथ नेपाल फर्किएका परियार यो दुई वर्षमा ३० जिल्लाका विभिन्न ठाउँमा गएर जातीय विभेदविरुद्ध दुन्दुभि फुकिसकेका छन् । जागरण अभियान सञ्चालन गरिरहेका छन् । क्रान्तिको बीज छरिरहेका छन् । अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पत्रपत्रिकामा सामाजिक परिवेश तथा cast, military, migration नामक लेख समेत लेखेका छन।

