किन्डर पिलर एकेडेमी इटहरीले मनायो ७ औ वार्षिक उत्सव

इटहरी । किन्डर पिलर एकेडेमी इटहरीले विभिन्न कार्यक्रम आयोजना गरि आफ्नो ७ औ वार्षिक उत्सव मनाएको छ।शनिबार ऋषिका बुटिक इटहरीमा आयोजित कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थीहरुले ,अभिनय,कराते ,गायन प्रस्तुत गरेका थिए, वार्षिक उत्सव कार्यक्रममा विद्यालयका शिक्षकहरुको समेत सांस्कृतिक कार्यक्रम रहेको विद्यालयकि संचालक श्रुति शर्माले जानकारी दियीन।

प्रदेश १ कि प्रदेश सभा सदस्य डोल्मा तामांगको प्रमुख अथित्यतामा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । कक्षा २ सम्म संचालनमा रहेको विद्यालयले अमिरिकन पद्धती बाट गुणस्तरीय शिक्षा दिइरहेको र आउदो दिनमा थप कक्षा संचालन गरि प्रविधिमैत्री शिक्षा प्रदान गर्ने संचालक शर्माको भनाई छ। उक्त विद्यालयमा ६५ बिधार्थी अध्यनरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *