बेलबारीका पत्रकार बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान

बेलबारीका पत्रकार बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान
बेलबारी । मोरङ्गको बेलबारीमा रहेर २ दशक बढी समयदेखि पत्रकारितामा सक्रिय पत्रकार नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२ प्रदान गरिने भएको छ ।
चलचित्र पत्रकार संघ नेपालको बुधबार काठमाण्डौमा सम्पन्न बैठकले बस्नेतलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको चलचित्र पत्रकार संघका केन्द्रिय महासचिब रघुनाथ सापकोटाले जानकारी दिएका छन । सम्मान यहि जेठ ६ देखि ९ सम्म ईलामको सुर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजना हुने २६ औँ बार्षिकोत्सब,राष्ट्रिय चलचित्र पत्रकारिता दिबस एवं दोस्रो राष्ट्रिय भेलामा प्रदान गरिने छ ।
बस्नेत बेलबारीबाट प्रकाशित हुने बेतना दैनिकका प्रधान सम्पादक समेत हुन । उनी चलचित्र पत्रकार संघ पुर्बाञ्चलको सचिब,चलचित्र पत्रकार संघ नेपाल कोशीको २ कार्यकाल अध्यक्ष हुँदै हाल केन्द्रिय सदस्य तथा कोशी प्रदेश ईन्चार्जका रुपमा रहेका छन । उनी पत्रकारिताका अलावा बिभिन्न सामाजिक संघ संस्थाको नेतृत्व समेत गरिरहेका छन । उनले नेशनल शोसल वेलफेयर अवार्ड २०२१ समेत प्राप्त गरिसकेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *