कोशी प्रदेशमा ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ प्रतियोगिता आयोजना

इटहरी — कोशी प्रदेशका विभिन्न शहर र जिल्लामा लुकेर रहेका बाल प्रतिभालाई परिचित गराउने र उनीहरूको बौद्धिक तथा सौन्दर्य कला प्रदर्शित गर्ने उद्देश्यले प्रदेशस्तरीय बाल सौन्दर्य प्रतियोगिता ‘जूनियर मिस्टर एण्ड मिस कोशी आइकन २०२५’ आयोजना हुन लागेको छ। प्रतियोगिताबारे जानकारी शुक्रबार इटहरीस्थित चिया चौतारी क्याफेमा आयोजित पत्रकार सम्मेलनमा गराइएको हो।

प्रतियोगिता एल एण्ड सी मोडल एजेन्सी प्रा.लि.ले आयोजना गर्दैछ। ७ देखि १४ वर्ष उमेर समूहका बालबालिकालाई लक्षित यस कार्यक्रमले बालबालिकाको आत्मविश्वास, नेतृत्व क्षमता र सर्वाङ्गीण विकासमा सहयोग पुर्याउने लक्ष्य राखेको छ।

प्रतियोगितामा सहभागीहरूलाई ७ शहरमा अडिसन र तालिमको व्यवस्था गरिएको छ। तालिममा बालबालिकालाई पर्सनालिटी डेभलपमेन्ट, पब्लिक स्पिकिङ, योगा तथा ‘गुड टच–ब्याड टच’ जस्ता संवेदनशील विषयमा सचेतना दिइनेछ। अन्य बौद्धिक र ज्ञानवर्धक तालिम पनि प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

प्रतियोगिताको अडिसन तालिका यसप्रकार रहेको छ:

  • बराहक्षेत्र: पौष ५

  • धरान: पौष १२

  • उर्लाबारी: पौष १५

  • कानेपोखरी: पौष १९

  • दमक: पौष २६

  • विराटचोक: माघ ३

  • विराटनगर: माघ १०

  • इटहरी: माघ १७

स्थानीय तालिमपछि अडिसन लिएकै स्थानमा सेमिफाइनल हुनेछ। त्यहाँबाट चयन भएका उत्कृष्ट ५/५ प्रतियोगी ग्राण्ड फिनालेमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको शीर्ष उपाधि ‘जूनियर मिस्टर कोशी आइकन’ र ‘जूनियर मिस कोशी आइकन’ जित्ने बालबालिकाले रु. ५०/५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। फस्ट रनरअपलाई साइकल र सेकेन्ड रनरअपलाई ट्याब्लेट दिइनेछ। साथै, विजेता र उपविजेतालाई ६ जनासम्मको स्कुलमा १००% छात्रवृत्तिको सुविधा प्रदान गरिने आयोजकले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *