थुनामा रहेकाे १० महिना पछि नायक पल शाहलाई उच्च अदालतको सफाइ : साेमबार थुनामुक्त हुँदै

काठमाडाैं । कलाकार पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले बाल यौन दुरुपयोगको अभियोग दाबी नपुग्ने भन्दै उनलाई सफाइ दिएको हो ।न्यायाधीश डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो । 

शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएको र भोलि रिहा हुने जानकारी दिए । नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दायर गरेका थिए । वाग्लेले शाह अब जेलमुक्त पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *