अचम्मको संयोग : नाम, थर, काम, रोग र उमेर पनि उस्तै…!
मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहाल र बाल प्रतिभा सेकन्डरी स्कूलका संस्थापक प्रिन्सिपल गणेशप्रसाद दाहाल (हातमा चियाको गिलास बोकेका) बीचको संयोग अचम्मको छ।

दुवैको नाम, थर, उमेर, रोग, पेशा र जीवनशैलीसमेत एकआपसमा मिल्दो देखिएको छ। दुई दशकभन्दा बढी समयदेखि शिक्षा क्षेत्रमा सक्रिय यी दुवै दाहाललाई मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) रहेको छ। उनीहरूको स्थायी बासस्थान पनि एउटै — मोरङको बेलबारी नगरपालिका–२ मा रहेको छ।
अझ रोचक त के छ भने, दुबै गणेशप्रसाद दाहालका श्रीमतीहरू सामुदायिक विद्यालयमा शिक्षिका हुन्। दुवैका दुई–दुई जना छोरीहरू छन्।
साझा नाम, थर, पेशा, रोग, बासस्थान र पारिवारिक संरचना — यति धेरै कुरा मिल्नुले स्थानीयहरूलाई चकित पारेको छ।
✍️ मणिराम दाहाल




