पुर्वान्चल पब्लिक स्कुलले एसईई दिने बिद्यार्थीलाई बिदाई गर्दै


चैत्र २७ गते
सुन्दरहरैंचा ।।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा -५ मा रहेको पुर्वान्चल पब्लिक स्कुलले एसईई दिने बिद्यार्थीलाई बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। आफ्ना एसईई परीक्षा दिएका बिद्यार्थीलाई बिधालय परिवारले मायाको चिनो सहित बिदाई गरेको हो।

उक्त कार्यक्रमको उदघाटन गर्दै वडा नं. ५ का अध्यक्ष गणेश चौधरीले मानवीय जिवनम शिक्षाको महत्त्व अपरिहार्यता रहेको भन्दै शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान र समाजको एक अंगको रुपमा रहेको पुर्वान्चल पब्लिक स्कुललाई अब उच्च शिक्षाका लागि थप कक्षा वृद्धि गर्दै लान सुझाव दिएका छन । साथै यसका लागी आफू स्थानीय सरकारको प्रतिनिधिको तर्फबाट आवश्यक सहयोग हुने कुरामा जोड दिएका थिए।।

बिद्यार्थीमा प्रबिधी र संस्कारयुक्त शिक्षा अपरिहार्य रहेको भन्दै विद्यार्थीलाई सकारात्मक सोच तिर अघि बढ्नु पर्ने प्रिन्सिपल सन्तोष राईले कार्यक्रमलाई सम्बोधन गर्दै बताए ।

उक्त कार्यक्रममा बिद्यार्थीको मनोबल उच्च बनाउदै उनीहरुमा निहित क्षमता निखार्न र सकारात्मक सोचको बिकास संगै ब्याक्तित्व र नेतृत्व बिकाससंगै बढाउनु पर्ने बिधालय अध्यक्ष मोहन ढकालले बताए।

शिक्षा प्रेमी भिम राईले अगामी शिक्षाकालाई बिद्यार्थी इच्छालाई बुझेर अभिभावकले अध्ययन गराउनुपर्ने र उनीहरुको मनोभावना बुझ्न सकेन भने गलतबाटो तिर जान सक्ने भन्दै अभिभावकलाई सचेत र अनुरोध समेत ब्यक्त गरेका छ्न।

उक्त बिदाइ तथा शुभकामना कार्यक्रममा बिधालयमा अध्यनरत छात्रा प्रतिमा श्रेष्ठले बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै आफुले पाएको शिक्षाबाट आफ्नो जिवनमा थप उर्जाले प्राप्त गरेको र गुरुवर्गहरुले दिएको संस्कारयुक्त शिक्षाप्रति अभार समेत प्रकट गरिन।।

साथै अभिभावक समेत उपस्थिति रहेको उक्त कार्यक्रम अभिभावक तारा खडकाले बिधालयले प्रदान गर्ने स्तरीय शिक्षामा आफू समेत सन्तुष्ट रहेको शिक्षा र अनुशासन भएन भने जिवन अन्धकार हुने धारणा ब्यक्त गरीन। साथै अहिलेका बालबालिका दुर्ब्यसनी तिर फस्ने हुँदा अभिभावकसमेत सचेत हुन आवश्यक रहेको वताइन।

उक्त बिधालयबाट १७ जनाले एसइइ दिएका थिए भने कार्यक्रममा जनसेवा टोलबिकास संस्थाका अध्यक्ष अर्जुन कोइरालाले समेत सहभागी बिद्यार्थीलाई उज्ज्वल भबिश्यको शुभकामना ब्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा
समाजसेवी ओ बहादुर राई, गोपाल कोइराला, राम बहादुर श्रेष्ठ , देवीराम भुजेल, कोसाई चौधरी लगायतको उपस्थित रहेको थियो।

उक्त बिधालय समाजिक दायित्व निर्वाह गर्दै संस्थापना कालदेखि नि:शुल्क स्वास्थ्य शिविर, समाजमा उल्लेखनीय योगदान पुर्याउनुहुने ब्यक्तिलाई समेत सम्मान गर्दै आएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *