आरती स्ट्रीप्स प्रा.लि. लाई मोरङ उद्योग व्यापार संघको सम्मान

मोरङ उद्योग व्यापार संघ विराटनगरले आरती स्ट्रीप्स प्रा.लि. लाई उत्कृष्ट निकासी कर्ताको सम्मान प्रदान गरेका छन् । मोरङ उद्योग व्यापार संघले शुक्रबार विराटनगरमा आयोजना गरेको ६८औं वार्षिक साधारण सभामा आरती स्ट्रीप्सलाई सुनसरी, मोरङ औद्योगिक करिडोरमा रहेका ठुला उद्योग समूह अन्तर्गत सबै भन्दा बढी निर्यात प्रवर्द्धन गरेर राष्ट्रलाई योगदान पुर्‍याएकोले उच्च कदर गर्दै सम्मान प्रदान गरेको हो ।

६८औं वार्षिक साधारण सभाका प्रमुख अतिथि संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले आरती स्ट्रीप्स प्रा.लि.का उपमहाप्रबन्धक जीवनराज तिम्सिनालाई सम्मानपत्र प्रदान गरेका थिए ।

मोरङको बुढिगंगा गाउँपालिकामा सञ्चालनमा रहेको आरती स्ट्रीप्सले आर्थिक वर्ष २०८०/०८१ मा ७ सय ३७ करोड रुपैयाँ बराबरको कर्कट पाता र पाइप भारत निकासी गरेको थिए । आरती स्ट्रीप्सले सादा तथा रंगिन जस्ता तथा कर्कट पाता र पाइप  उत्पादन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *