सेवा निवृत्त राष्ट्रसेवक समाज सुन्दरहरैंचाद्वारा शुभकामना आदानप्रदान  

बिराटनगर : मोरङको सुन्दरहरैंचामा सेवा निबृत राष्ट्र सेवक समाज  नेपाल नगर कार्यसमितिले शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। नगर कार्यसमितिका अध्यक्ष उमाकान्त चौलागाईको अध्यक्षतामा भएको कार्यक्रमा वडादशैँ,तिहार,छैट पर्व तथा नेपाल संवत् पर्वहरुको शुभकामना आदानप्रदान गरिएको हो। 

कार्यक्रमका प्रमुख अथिति सेवानिवृत्त राष्ट्रसेवक समाज नेपालका केन्द्रिय सचिव राजेन्द्र कुमार पौडेलले शुभकामना मन्तव्य राख्दै नेपालको संविधानको राज्यका निर्देशक सिद्धान्त र नीतिहरूमा पूर्वकर्मचारी, सैनिक र प्रहरीलगायतका पूर्वराष्ट्रसेवकहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई राष्ट्र हितमा प्रयोग गर्नुपर्ने बताए। 

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरू निजामती, सेना, प्रहरी, शिक्षक वा प्राध्यापक जुनसुकै सेवाबाट अवकाश भए पनि थुप्रने थलो समाज रहेको बताउदै प्रमुख अथिति तथा केन्द्रिय सचिव पौडेलले अहिले यो संघगठन ४५ जिल्लामा पुगिसकेको बताए । अब छिट्टै १० जिल्लामा विस्तारको तयारी रहेको र ७७ वटा जिल्लामा पुर्याइने बताए। 

कार्यक्रमका अध्यक्ष चौलागाईले सेवा निवृत्त राष्ट्रसेवकहरूले २०८१ सालको बडादशैँ, दीपावली तथा छठ लगायतका चाडपर्वहरू शुभ रहुन् र राष्ट्रकै समृद्धि हाेस् भन्दै एकआपसमा शुभकामना आदानप्रदान गरेका थिए । त्यसपछि कार्यक्रममा बोल्दै उनले सरकारको उपयुक्त नीति र कार्यक्रमको अभावमा सेवा निवृत्त राष्ट्रसेवकसँग रहेको ज्ञान, सीप, योग्यता र तत्परताको उपयोग गरेर सेवाप्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिए। 

सरकारले सेवानिवृत्त कर्मचारीहरूलाई यदाकदा पद्धतिबेगर अवसर दिएको भए तापनि सो पर्याप्त छैन र सेवा दिन सक्ने सबै क्षेत्र समेट्न सकेको पनि छैन । यसकारण सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको क्षमता उपयोग गर्न सरकार र निजामती कर्मचारी दुवै गम्भीर बन्नुपर्ने बताए।

चौलागाई सेवा निवृत्त राष्ट्रसेवक समाजको नेतृवमा आएपछि नगर कार्य समितिले गति लिएको छ। उनले अब छिट्टै सेवा निवृत्त राष्ट्रसेवक समाज नगर कार्य समितिले पुस्तक पनि प्रकाशन गर्ने बताए। कार्यक्रमा सेवानिवृत्त विभिन्न पेशाक राष्ट्रसेवक जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर नगदसहित सम्मान गरिएको थियो। 

कार्यक्रमा सेवा निवृत्त विभिन्न राष्ट्रसेवक सदस्यहरुले पनि  वडादशैँ,तिहार,छैट पर्व तथा नेपाल संवत् पर्वहरुको शुभकामना व्यक्त गरेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *