प्याब्सनको दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा डोरितान प्रतियोगिता  कार्यक्रम सम्पन्न


चन्दन रौनियार
दुहबी /निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)जिल्ला कार्यसमिति सुनसरीकाे आयाेजना तथा महेन्द्र मेमोरियल एकडेमीको ब्यबस्थापनमा  दशैं तिहार विशेष शुभकामना आदान प्रदान तथा डोरितान प्रतियोगिता गरि कार्यक्रम दुहबीमा सम्पन्न भएको छ ।
प्याब्सन सुनसरी जिल्ला समितिले आयोजना गरेको उक्त कार्यक्रम प्याब्सनका कार्वाहक अध्यक्ष नेल्सन थानेश्वर ढकालको सभापतित्वमा सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्याब्सन केन्द्रको प्रागिक परिषद सदास्य शंकर थापाले ब्यानर पढेर उद्घाटन गरेका थिए ।नीजि विद्यालयहरूका प्रतिनिधिहरूकाे सहभागीतामा भएको कार्यक्रममा नेपालीहरूकाे महान चाड विजया दशमी , शुभ दीपावली तथा छठ पर्वकाे अवसर पारेर दशैं तिहार विशेष शुभकामना आदान प्रदान कार्यक्रम आयाेजना गरिएको छ ।
शुभकामना दिने क्रमममा प्रमुख अतिथी शंकर थापाले नेपालीहरूकाे महान चाड विजया दशमी, शुभ दीपावली तथा छठ पर्वकाे अवसरमा सम्पुर्ण नेपालीहरू तथा कार्यक्रममा उपस्थिति स्कुल तथा कलेजका प्राचार्यहरू नगर प्याब्सन जिल्ला प्याब्सन प्रदेश प्याब्सन सदस्यीय हरुलाई शुभकामना प्रदान गर्नु भएको छ त्यसैगरी कार्यक्रममा डोरितान प्रतियोगितामा जित हासिर गरेका टिमलाई बधाई दिदै सम्मान गरियो। शुभकामना आदान प्रदान कार्यक्रममा प्याब्सन दुहबी नगरका अध्यक्ष सुशील शाक्य , इटहरी प्याब्सनका अध्यक्ष पुन्य प्रसाद सापकोटा  ,धरान प्याब्सनका अध्यक्ष राजकुमार लिम्बू ,इनरुवा प्याब्सनका अध्यक्ष  रमेश प्रसाद गुरागाई ,रामधुनी प्याब्सनका अध्यक्ष अचुत  ढकाल ,बराक्षैत्र प्याब्सन नगर भित्रका स्कुल कलेजका प्रचार्य तथा प्यापसनका प्रतिनिधिहरूकाे महत्त्वपूर्ण उपस्थिति रहेकाे थियोे । त्यसै  गरि प्याब्सन अन्तरापालिकास्तरीय डोरीतान प्रतियोगिताको उपाधि इटहरी  नगर प्याब्सनले जितेको छ । रामधुनी नगर प्याब्सनको टिमलाई हराउँदै इटहरी प्याब्सनले उपाधि जित्न सफल भएको हो । 

प्रतियोगिताका विजेता टिमले २५ केजी खसी सहितट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् भने उपविजेता टिमले १५ केजी खसी  ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गरेका छन् । तेसै गरि तेस्रो स्थान पाउन सफल हुने धरान नगर प्याब्सनले १० केजी राते भाले सहित मेडल ट्रफि प्रमाणपत्र प्रदान गरिएको प्रथम पुरस्कार खासी को प्रायोजक महेन्द्र मेमोरियल एकेडेमी का प्रिन्सिपल तथा प्रदेश प्याब्सन को सचिवालया सदस्य निश्चल राज शाक्यले गरिएको सुनसरी जिल्ला प्याब्सनका सचिव गणेश भण्डारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *