अनेमसंघ सुन्दरहरैचा – ५ को तीज बिशेष कार्यक्रम सम्पन्न
बिराटनगर : अनेमसंघ सुन्दरहरैचा – ५ को तीज बिशेष कार्यक्रम सम्पन्न भएको छ। मंगलवार अनेमसंघ सुन्दरहरैचा नगरपालिका वडा नं ५ को आयोजनामा पार्टी कार्यलयमा अनेमसंघसँग सम्बन्धित महिलाहरु भेला भएर आफनो मौलिक संसकृति अनुसार तीजको कार्यक्रम सम्पन्न गरेको नेकपा एमाले सुन्दरहरैचा – ५ का अध्यक्ष विशाल गुरगाईले जानकारी दिए।
उक्त कार्यक्रमको अध्यक्षता शाखा कमिटीको अध्यक्ष भीम कुमारी ढकाल गरेकी थिईन। कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महिलाहरुको महान चाज तीज कार्यक्रमले महिला शसक्तिकरणको सन्देश दिनुपर्नेमा जोड दिएकी थिईन। विभिन्न धुनमा गित तथा नृत्य सहितको प्रस्तुतिद्धारा मनोरञ्जन गराएका थिए । कार्यक्रममा आयो तिजको रहर, नौमती बाजा खुल्ला नृत्य, चिटिक्कै भाछु रे भाकाका गितमा सहभागीहरुले नृत्य गरेका थिए ।

कार्यक्रमा शुभकामना दिंदै वडा अध्यक्ष गणेश चौधरीले तीजालाई भड्कीलो नबनाई कला, सस्कृति जोगाउँने अवसरको रुपमा मनाउन जोड दिएका थिए । कार्यक्रमा अग्रज नेता ज्ञानेन्द्र ओझा, अनेमसंघ जिल्ला कमिटी सदस्य शारदा कोइराला ,नगर कमिटी अध्यक्ष संगीता सापकोटा,वडा सदस्यहरू श्याम खनाल र घनश्याम घले उपस्थिति रहेको थियो।
स्वागत मन्तब्य अम्विका बुढाथोकीले राखेकी थिईन भने कार्यक्रमको सहजीकरण शाखा कमिटीकी सचिव मिथिला अधिकारीले गरेकी थिईन।

