साजीलाल खेलमैदानमा जितिया बिशेष सांस्कृतिक कार्यक्रम हुँदै

एलएन गच्छदार
असोज १९ गते, मोरंग

थारु समुदायको जितिया पर्वको अवसरमा थारु कल्याणकारीणी सभा तथा थारु महिला सभा नगर कार्यसमिति सुन्दरहरैंचाले भोली शनिबार भव्य संस्कृतिक कार्यक्रमको आयोजना गरिने भएको छ । सुन्दरहरैंचा नगरपालिका वडा ७ मा रहेको साजीलाल खेलमैदान गछियामा हुने थाकस नगर सभापति बिलट चौधरीले जानकारी दिएका छन्। जितिया पर्वको आफ्नो छुट्टै इतिहास र महत्त्व रहेकाले जितिया पर्वलाई बचाउन केही हदसम्म भए पनि सहयोग पुर्‍याउने उद्देश्यले नगर स्तरीय सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको नगर सभापति चौधरीले जानकारी दिए । 

उक्त कार्यक्रममा झाँकी प्रदर्शनी, पौराणिक थारु लोक नृत्य, थारु कलाकार तथा स्थानिय कलाकारको बिशेष प्रस्तुति रहने कार्यक्रम संयोजक तथा थारु महिला सभा नगरकार्यसमिति सभापति दुर्गा चौधरीले बताईन। साथै उक्त कार्यक्रममा जितमहानको कथा श्रवण संगै थारु समुदाय भित्र रहेका बिकृति विसंगति बिरुद्ध जनचेतनामुलक नाटक प्रदर्शन हुने समेत चौधरीले जानकारी गराईन।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको समेत जानकारी गराउदैं नगर भित्र र बाहिरबाट कार्यक्रममा उल्लेखनिय सहभागिता हुने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *