आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले उठाएको मुद्धा जायज रहेको भन्दै बिज्ञप्ति

आत्मदाह गरेका ब्यबसायिहरु प्रेम प्रसाद आचार्य र मोहनप्रसाद न्यौपाने उठाएको मुद्धा जायज रहेको भन्दै सुन्दरदुलारी उधोग बाणिज्य संघले समेत गम्भीर ध्यान आकर्षण भएको छ। सरकारको अव्यवहारिक नीति र अनुचित नीतिका कारण उधोगी ब्यबसायी धरासायी भएको भन्दै सुन्दरदुलारी उधोग बाणिज्य संघका अध्यक्ष जीवन प्रसाद डुंगनाले बिज्ञप्ति जारि गरेको बताए।

उल्लेखित बिज्ञप्तिमा गत माघ १० गते केन्द्रीय संसद भवन बानेश्वर अगाडी गरी उपचार क्रममा निधन भएका इलामका ब्यबसायी प्रेम प्रसाद आचार्य तथा बिराटनगरका ब्यबसायी मोहन प्रसाद न्यौपानेको निधन प्रति शोक व्यक्त गर्दै सबै व्यवसायमा स्तब्ध र मर्माहित तुल्याएको भनिएको छ।

उधोग बाणिज्य संघले विज्ञप्ति मार्फत बितिय संस्थाको चर्को ब्याज र राज्यको दोहोरो कर दायराका कारण ब्यबसाय धराशय बन्दै गएको प्रति अझै राज्यको पहल नभएको भन्दै बन्द हुने अबस्था पुगेको प्रति सरकारलाई ध्यान आकर्षण समेत गराएको छ। दुई ब्यबसायी आचार्य र न्यौपानेले उठाएको माग मुद्धाहरु मनायोग्य रहेको भन्दै सम्बोधनका लागि सम्बन्धित निकाय समक्ष अपिल समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *