महेन्द्र माविको स्वर्ण महोत्सव सुरु

प्रदीप जस्मैत भरौल, माघ १३ विहिबार

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं ७ मा रहेको श्री महेन्द्र माध्यमिक विद्यालय तित्रीगाछीले भब्यताको साथ आजबाट स्वर्ण महोत्सवको सुरुवात गरेको छ। आज सरस्वती पुजाको दिन एकाह पुराण पाठ परायण आयोजना गर्दै विधालयले अभिभावक दिवस तथा स्वर्ण जयन्ती २०७९ को शुभारम्भ गरेको हो।

विद्यालय प्राङ्गणमा आज भएको एकाहा पुराण कार्यक्रमको सुभाराम्भ बराहक्षेत्र नपा ७ का वडा अध्यक्ष कपिल आचार्यको हातबाट पानसमा बत्ती बालेर शुभारम्भ गरिएको हो। राधाकृष्ण बेद बिधश्रमका १२ जना पन्डितहरुले भागवतको पाठ बाचन गरेका थिए । युवा पन्डीत श्रीनिवास आचार्यको बिशिस्ट आतिथ्यता रहेको शुभारम्भ कार्यक्रममा विद्यार्थी तथा अभिभावक तथा विद्यालयका सुभेच्छुकहरुको उपस्तिथि भएको थियो ।

एकाहा पाठ पुराणको शुभारम्भ गर्दै वार्ड न ७ का वार्डअध्यक्ष कपिल आचार्यले बराहक्षेत्र नगरपालिकाकै उत्कृष्ट विधालय बनाउन लागि पर्ने सम्पुर्ण शिक्षक विद्यार्थी तथा आम अभिभावकलाई विशेष धन्यवाद दिदै विधालयले ५० औ बर्षमा स्वर्ण महोत्सवको आयोजना गरेकोमा अत्यन्तै खुशी भएको बताएका छन। बराहक्षेत्र नगरपालिकामा रहेको सामुदायिक विधालयमध्ये आफुलाई अब्बल साबित गर्दै स्वर्ण महोत्सव गर्न सफल भएकोमा सबैलाई धन्यवाद ज्ञापन गरे। कार्यक्रमका बिशिस्ट अथिती युवा पण्डित श्री निवास आचार्यले विधालय जस्तो पबित्र क्षेत्रमा आफ्नो सनातन धर्मप्रती आस्था राख्दै एकाहा पुराण आयोजना भएकोमा विधालय परिवार प्रती हार्दिक आभार व्यक्त गरे।

विधा आर्जन गर्ने ठाउमा एस्ता धार्मिक कार्यहरुले विधालयको स्वस्तीशान्ती हुने बताए। आफुलाई येस्तो कार्यमा आमन्त्रण गरी आफू आउन पाउदा अत्यन्त खुशी ब्यक्त गरे। आज बसन्त पन्चमिको दिन माता सरस्वतीको पुजा आरधाना संगै एकाहा पुराणको पाठ परायण पश्चात भजन किर्तन समेत गरीएको छ। स्वर्ण महोत्सव अन्तरगत भोलि माघ १३ गतेदेखि १९ गतेसम्म दैनिक बिहान ५ बजे देखि ६:३० सम्म पतान्जली योग गुरु टीका प्रसाद खतिवडा बाट योग शिबिर सन्चालन हुने भएकोले सम्पुर्ण बराहक्षेत्र बासिहरुलाई योग शिबिरमा सहभागी हुन विद्यालयले आग्रह गरेको छ। पहिलो पटक धुमधामसँग गर्न लागिएको योग शिबिरमा विद्यार्थी ,शिक्षक,अभिभावक सबैलाई समेटेर योग शिविर गरिने भएको छ ।१३ गते योग शिविर उद्घाटन,१४ गते तित्रीगाछि म्याराथुन ५ किलोमिटरको दौड प्रतियोगिता सन्चालन हुने छ।

साथै अन्तर माबि स्तरीय विज्ञान प्रदर्शनी,१५ गते रक्तदान कार्यक्रम, अन्तर माबी स्तरीय हाजिरी जवाफ प्रतियोगिता,१६ गते आँखा शिविर,अन्तर माबी भलिवल प्रतियोगिता,१७ गते स्वास्थ्य शिविर,अन्तर माबी लोक नृत्य प्रतियोगिता,१८ गते पूर्व विद्यार्थी,शिक्षक पुनर्मिलन,साहित्य गोष्ठी,पत्रकार सम्मान,जेष्ठ नागरिक सम्मान,१९ गते स्वर्ण महोत्सव उद्घाटन तथा दाताहरु सम्मान र झाँकी तथा सांस्कृतिक कार्यक्रम गरि भव्यताकासाथ मनाउन लागेको मूलसमारोह समितिका संयोजक पर्शुराम आचार्यले जानकारी दिएका छन।

वि.स.२०२९ सालमा स्थापना भएको विद्यालयले स्वर्ण महोत्सव आयोजना गरि विविध कार्यक्रम गर्न लाग्दा हर्षित भएको तथा आम अभिभावक तथा विद्यालाई माया गर्ने आम ब्यक्तिहरुको साथ र सहयोगले गर्दा विद्यालयले स्वर्ण महोत्सव आजबाट मनाउन लागेको विद्याका प्रधानाध्यापक फिरोज घिमिरेले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *