संघर्ष, सपना र सफलताको कथा मदरल्याण्ड ब्रोडिङ स्कुल : ३१ वर्षे अथक यात्राको प्रेरणादायी इतिहास

 

सुन्दरहरैंचा (मोरङ)
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–७ गोठगाउँमा अवस्थित मदरल्याण्ड सेकेण्डरी इग्लिस   ब्रोडिङ स्कुल २०५१ सालमा स्थापना भएको एक प्रतिष्ठित शैक्षिक संस्था हो। गुणस्तरीय शिक्षाको लक्ष्य बोकेर सुरु भएको यो विद्यालय आज ३१ वर्षको सफल यात्रामा निरन्तर अघि बढिरहेको छ।

मदरल्याण्ड ब्रोडिङ स्कुलका संस्थापक तथा प्रिन्सिपल राम दाहाल सानैदेखि एउटा उत्कृष्ट विद्यालय सञ्चालन गर्ने सपना बोकेका व्यक्ति हुन्। सोही सपनालाई यथार्थमा रूपान्तरण गर्न उनले अनेक चुनौती, संघर्ष र अवरोधहरू पार गर्दै शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। सीमित स्रोत–साधनबाट सुरु भएको विद्यालय आज हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने केन्द्र बनेको छ।

स्थापनाकालदेखि नै विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र नैतिक मूल्यमा आधारित शिक्षालाई प्राथमिकतामा राख्दै आएको छ। व्यवस्थापन पक्ष, अनुभवी शिक्षक–शिक्षिकाहरू तथा अभिभावकको निरन्तर सहयोगका कारण मदरल्याण्ड स्कुलले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको छ।

यस विद्यालयबाट अध्ययन पूरा गरी बाहिरिएका विद्यार्थीहरू आज स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा—जस्तै मेडिकल, इन्जिनियरिङ, कम्प्युटर तथा आईटी, चार्टर्ड एकाउन्टेन्सी, नर्सिङ लगायतका शैक्षिक तथा व्यावसायिक क्षेत्रमा आफ्नो उत्कृष्टता प्रमाणित गरिरहेका छन्। कतिपय विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमै अब्बल पहिचान बनाइसकेका छन्, जुन विद्यालयका लागि गर्वको विषय बनेको छ।

शैक्षिक उपलब्धिसँगै मदरल्याण्ड ब्रोडिङ स्कुलले खेलकुद, गीत–संगीत, सांस्कृतिक कार्यक्रम तथा अतिरिक्त क्रियाकलापहरूलाई समेत विशेष प्राथमिकता दिँदै आएको छ। यसले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।

आगामी दिनहरूमा पनि विद्यालयले आफ्नो साख, अभिभावकहरूको विश्वास र शिक्षाप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउँदै अघि बढ्ने अपेक्षा गरिएको छ।

यसैबीच, सरस्वती पूजाको पावन अवसर पारेर मदरल्याण्ड ब्रोडिङ स्कुलले निःशुल्क अक्षरारम्भदेखि कक्षा ९ सम्म भर्ना अभियान खुला गरेको जनाएको छ। विद्यालय व्यवस्थापनले गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुर्‍याउने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको जानकारी दिएको छ।

संघर्ष, समर्पण र निरन्तरताको प्रतीक बनेको मदरल्याण्ड ब्रोडिङ स्कुल आज केवल एउटा विद्यालय मात्र नभई, उज्यालो भविष्य निर्माण गर्ने विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *