गुणस्तरीय र आधुनिक शिक्षामार्फत विश्वस्तरीय प्रतिस्पर्धी विद्यार्थी उत्पादन हाम्रो लक्ष्य हो : प्रिन्सिपल देवि सिटौला
सुन्दरहरैचा (मोरङ) — मोरङको सुन्दरहरैचा नगरपालिका–७ मा अवस्थित ज्ञान ज्योती इङ्लिस स्कुलले गुणस्तरीय, आधुनिक तथा व्यवहारिक शिक्षालाई आफ्नो मूल आधार बनाउँदै शिक्षण–अध्ययन कार्यलाई निरन्तर अगाडि बढाइरहेको छ।
विद्यालयमा आधुनिक प्रविधियुक्त तथा सुरक्षित कक्षाकोठा, बालमैत्री र रमाइलो सिकाइ वातावरण, साथै अनुभवी, दक्ष र समर्पित शिक्षक–शिक्षिकाको टोलीमार्फत पठन–पाठन गराइँदै आएको विद्यालय प्रशासनले जनाएको छ। ज्ञान ज्योती इङ्लिस स्कुलले विद्यार्थीको शैक्षिक उपलब्धिसँगै उनीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा समेत विशेष ध्यान दिँदै आएको छ।
विद्यालयले नियमित पठन–पाठनका अतिरिक्त खेलकुद, सिर्जनात्मक तथा व्यवहारिक क्रियाकलापलाई पाठ्यक्रमसँगै समेट्दै विद्यार्थीमा आत्मविश्वास, अनुशासन र नेतृत्व क्षमताको विकास गरिरहेको छ। यसले विद्यार्थीलाई आत्मनिर्भर बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य लिएको विद्यालयले जनाएको छ।
विद्यालयका प्रिन्सिपल देवि सिटौला भन्नुहुन्छ, “हाम्रो मुख्य उद्देश्य आजका विद्यार्थीलाई केवल किताबी ज्ञानमा सीमित नराखी, जीवनोपयोगी सीप, नैतिक मूल्य र विश्वव्यापी प्रतिस्पर्धाको लागि तयार गर्नु हो। गुणस्तरीय शिक्षा नै उज्ज्वल भविष्यको आधार हो भन्नेमा हामी दृढ छौं।”
उहाँका अनुसार, आउँदै गरेको सरस्वती पूजाको पावन अवसरमा ज्ञान ज्योती इङ्लिस स्कुलले नर्सरीदेखि कक्षा ९ सम्म विशेष छुटसहित नयाँ भर्ना खुला गरेको छ। सीमित सिट उपलब्ध भएकाले इच्छुक अभिभावकहरूलाई समयमै विद्यालयमा सम्पर्क गर्न आग्रह गरिएको छ।
स्थानीय स्तरमै गुणस्तरीय, आधुनिक र संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको ज्ञान ज्योती इङ्लिस स्कुल अभिभावक र विद्यार्थीहरूको विश्वास जित्न सफल हुँदै गएको छ।




