नमुना युवा संसद सुकुना २०८० प्रशिक्षण तथा संसदिय कार्यक्रम सम्पन्न  

फागुन १0 गते, सुन्दरहरैंचा

मोरंगको सुन्दरहरैंचा नगरपालिका वडा -१० मा रहेको देशकै गौरव बोकेको सुकुना माध्यमिक बिद्यालयको आयोजनामा नमुना युवा संसद सुकुना २०८० प्रशिक्षण तथा संसदिय कार्यक्रम शनिबार सम्पन्न  भएको छ। संसदीय अभ्यास कार्यक्रममा बिद्यालयमा अध्यनरत कक्षा ११ र १२ मा कानुन बिषय समूहका ८० विद्यार्थीको सहभागीता रहेको थियो ।

शुक्रबार सुरु भएको दुई दिने कार्यक्रममा कार्यपालिका, व्यवस्थापिका, र न्यापालिका गठन, विधेयक पारित गर्ने प्रक्रिया, शून्य समय विशेष समयको प्रयोग आदि कार्यको अभ्यास र शिक्षा विधेयक माथि दफावार छलफल गरिएको थियो ।  

विद्यालय र विद्यार्थीको सिर्जनशीलतामा जोड दिन र अभ्यास गर्न समेत यस्ता किसिमको प्रशिक्षण कार्यक्रमले थप टेवा पुगेको छ भने  विद्यार्थीलाई संसद्को काम, कर्तव्य, अधिकार, संसदमा प्रस्तुत हुने विधेयक र त्यसको विधि एवं प्रक्रियाबारे जानकारी गराउँदै शिक्षा विधेयकसमेत पारित गरिने बिषयमा प्रशिक्षण दिइएको प्रध्यानाध्यापक बस्नेतले बताउनुभयो ।

विद्यार्थीलाई नयाँ युवा नयाँ सोच अभियानको प्राबिधिक सहयोग तथा समृद्ध युवा समाज नेपालले सहकार्य  गरेको  थियो।  विद्यार्थीलाई नेपाली संसदीय पद्धतिबारे ज्ञान प्रदान गर्ने, कानुन निर्माण प्रक्रियाको जानकारी गराउने तथा नेतृत्व विकासमा समेत टेपा पुर्‍याउने उद्देश्यले नयाँ युवा नयाँ सोच अभियानले देशका विभिन्न क्याम्पस तथा स्कुलमा नमुना युवा संसद्को अभ्यास गरिरहेको  छ ।

सिकाई अन्तर्गत सुकुनामा सबै खालको पढाई र सिकाई हुने भन्दै ज्ञान सिप प्रदान गर्न आयोजना गरिएको  ब्यबस्थापन समितिका अध्यक्ष मातृका ढकालले जानकारी गराउंदै संसदीय ब्यबस्था भित्र, दैनिक समाज र  राज्य कसरी संचालन भइरहेको छ भन्ने बिषयमा ज्ञान दिन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । नमुना संसद् वास्तविक संसदभन्दा केही फरक नभएको टिप्पणी अवलोकन गरिरहेका  वक्ताहरु जनाएका छन ।  संसद् नमुना भए पनि पात्रहरूको चरित्र र प्रस्तुति वास्तविक सांसद, मन्त्री र प्रधानमन्त्रीकै जस्तै प्रस्तुत भएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *