विराट एक्स्पोमा अर्गानिक किवी स्टलको धुम, उपभोक्ताको आकर्षण
“हाम्रो लक्ष्य नेपाली उत्पादनलाई प्रवर्द्धन गर्दै स्वस्थ जीवनशैलीलाई प्रवर्धन गर्नु हो,” – कृषक जुनु लावती भन्छिन्।
एक्स्पोमा आएका स्थानीय तथा अन्य जिल्लाबाट आएका आगन्तुकहरूले किवीका परिकारहरू चाखेर राम्रो प्रतिक्रिया दिएका छन्। “किवीको जुस अत्यन्तै ताजा र स्वादिलो छ, बजारमा पाइने अन्य पेय पदार्थभन्दा गुणस्तरीय लाग्यो,” – एक्स्पो आएका स्थानीय पत्रकार शिव भट्टराईले प्रतिक्रिया दिए।
जुनु लावतीले आफ्नै फार्ममा उत्पादन गरेको अर्गानिक किवीको प्रशोधन गरी बजारमा उपलब्ध गराउँदै आएकी छन्।
सनम फलफूल उत्पादन तथा प्रशोधन उधोग दर्ता गरेर बिगत लामो समय देखि कृषि कर्ममै रम्दै छिन। उनले नेपाली उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्य राखेकी छिन्। किविको नर्सरी गरेर समेत बिरुवाबाट आम्दानी गरिरहेकी छिन।

विराट एक्स्पो २०८० फागुन १० गतेसम्म सञ्चालन हुनेछ, जसमा किवी स्टल प्रमुख आकर्षणमध्ये एक बन्न सफल भएको छ। नेपाली अर्गानिक उत्पादन प्रवर्द्धन गर्ने यस्तो पहलले कृषिमा आधारित उद्यमशीलता विकास गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।




