बिराट एकेडेमी एण्ड चायल्ड केयरको दोस्रो अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

चैत्र १0 गते शनिबार/ सुन्दरहरैंचा

मोरङको सुन्दरहरैंचा नगरपालिका वडा -१२ मा रहेको बिराट एकेडेमी एण्ड चायल्ड केयरले दोस्रो अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । इन्द्रपुर जेसिजको मंगल स्मृति भवनमा  शनिबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थियो ।

सुन्दरहरैंचा नगरपालिकाका प्रवक्ता तथा सो वडाका अध्यक्ष रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्रछात्रा तथा शिक्षिकाहरूले नृत्य तथा गायनकला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि रोशन प्रसाद ढकालले स्कुलका बालबालिकालाई गुणस्तरीय शिक्षा दिइरहेकोमा खुसी व्यक्त गर्दै भविष्यमा विद्यालयको थप उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । विद्यालयले निकै राम्रो गरिरहेको भन्दै भविष्यमा अझै राम्रो गर्न सुझाव दिदै ढकालले शैक्षिक स्तर उकास्न  र  कार्यक्रम गर्न विद्यालय तयार भएमा  सक्दो सहयोग पुर्याउने पनि बताउनुभयो ।

सो कार्यक्रममा आफ्नै ठाउँमा  संचालन यस विद्यालयले स्थापनाकालदेखि नै राम्रो गर्दै आएको छ भन्दै अभिभावक घनश्याम आचार्यले भविष्यमा अझै प्रगति तर्फ अघि बढन र प्रविधिसंग बालबालिकाको पठपाठनलाई मध्यनजर गर्दै सुझाव दिनुभयो।

बालबालिकाले खाने स्वस्थ र स्वच्छ खानाबाटै उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्य सबल हुने भएकाले उनीहरूको खानपिन र आहारविहारमा अभिभावक तथा विद्यालय विशेष चनाखो हुनुपर्नेमा हुंदा विद्यालयले जंगफुडलाई निषेध गरेको छ  । 

अभिभावकहरूको बाक्लो उपस्थिति  कार्यक्रममा   कोशी प्रदेश एनप्याबसन सह-सचिव कमल खनाल, एनप्याबसन नगर अध्यक्ष सुरेश खबास लगायत शिक्षाप्रेमी, बिभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।

 विद्यालयमा १ सय ४५ जना विद्यार्थी अध्यरनत छन भने  १७ जना कर्मचारी तथा शिक्षकले रोजगारी समेत पाएका छन। मन्टेश्वरी बेसमा आधारित सो विद्यालय कक्षा २ सम्म पठपाठन हुँदै आएको र अगामि दिनमा कक्षा थप गर्दै लैजाने प्रिन्सिपल भिम अधिकारीले बताउनुभयो।

 विभिन्न अतिरिक्त कृयाकलापमा भागलिएर उत्कृष्ट भएका विद्यार्थी,  जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गरिएको थियो। सो अवसरमा विद्यार्थीको क्षमता अभिभावक सामु देखाउन कार्यक्रम आयोजना गरिएको प्रिन्सिपल भिम अधिकारीले बताउनुभयो। साथै कार्यक्रममा विधार्थी तथा शिक्षक अभिभावकको समेत नृत्य प्रस्तुति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ