आर.सि. चौधरीको “मिल्ने भए…” म्यूजिक भिडियाे सार्बजनिक

twitter sharing button
sharethis sharing button

काठमाडौ । नव उदीयमान गायक आर.सी. चौधरीको आवाजमा नयाँ नेपाली आधुनिक गीत “मिल्ने भए…” म्यूजिक भिडियो सार्बजनिक भएको छ।

एक विशेष कार्यक्रमको आयोजना गरी गायक चौधरीको पहिलो सेमिक्लासिकल आधुनिक गीत “मिल्ने भए…” म्यूजिक भिडियोलाई सगरमाथा मिडिया एण्ड इन्टरटेन्मैन्ट युट्युवच्यानेलमार्फत आज विश्वभर सार्बजनिक गरिएको हो ।

कवि तथा साहित्यकार नदीशको शब्द रचना र मण्डल साङ्पाङ्को संगीत संयाेजनमा सजिएको “मिल्ने भए…” गीतको म्यूजिक भिडियोमा शान्ति सिंजाली मगर र इश्वर श्रेष्ठको बडो उत्कृष्ट अभिनय रहेको छ ।

milne-vaye-video-song-1715442749.jpg


म्यूजिक भिडियो सार्बजनिक गर्नेक्रममा गायक चौधरीले भने, “यो मेरो पहिलो सेमिक्लासिकल आधुनिक गीत हो । मलाई लाग्छ यस गीतले नेपाली आधुनिक गीतसंगीत क्षेत्रमा नयाँ आयाम ल्याएको छ र आगामी दिनहरुमा पनि यसैगरी फरकढङ्गमा आधुनिक गीतहरु पस्किँदै जानेछु जसमा स्रोता दर्शकको साथ रहनेमा म विश्वस्त छु।”

अगल आर्ट हब सातदोबाटो ललितपुरमा आयोजित म्यूजिक भिडियो सार्बजनिकीकरण कार्यक्रममा गीतसंगीत क्षेत्रका विशिष्ट स्रष्टाहरु, गायक-गायिका, नायक-नायिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आयोजित कार्यक्रम समारोहमा वरिष्ठ स्रष्टाहरुबाट आधुनिक गायक चौधरीको दमदार आवाजमा निर्मित “मिल्ने भए…” म्यूजिक भिडियोको प्रशंसा गर्दै सहभागी कलाकारहरु लगायत सम्पूर्ण निर्माण टिमलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।

गायक चौधरी रेडियो नेपालका वरिष्ठ प्राविधिक सहायक, नोवल मेडिकल कलेज र शिक्षण अस्पताल विराटनगरका पूर्व आइटी विभाग, थारु कला केन्द्रका संस्थापक सदस्य, मलिथम थारु सेवा समाज उदयपुरका संस्थापक सल्लाहकार, सगरमाथा मिडिया एण्ड इन्टरटेन्मैन्टका कार्यकारी प्रमुख र थारु विद्यार्थी समाज धरान इकाई कमिटीका सचिव हुन् । 

पुरा भिडियो हेर्नका लागि तल क्लिक गर्नुहोस:

Leave a Reply

Your email address will not be published. Required fields are marked *