लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवमा हरैचा शाखाबाट खानेपानी संस्थालाई कम्प्युटर प्रदान

एलएन गच्छदार/ सुन्दरहरैंचा

लुम्बिनी विकास बैंकको १८औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग कार्यक्रम सञ्चालन गरिरहेको छ। सोही क्रममा बैंकको सुन्दरहरैंचा शाखाले वडा नं. १ मा अवस्थित  हरैचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई एक थान कम्प्युटर सेट प्रदान गरेको छ।

बैंकले उपलब्ध गराएको कम्प्युटरले संस्थाको आर्थिक कारोबार तथा व्यवस्थापनमा थप पारदर्शिता र चुस्तता ल्याउन सहयोग पुग्ने विश्वास समिति सचिव तुलसी थापाले व्यक्त गर्नुभयो।

कार्यक्रममा लुम्बिनी विकास बैंक हरैचा शाखाका प्रमुख रमेश  पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीयस्तरमा क्रियाशील र जनहितका काममा संलग्न संस्थाहरुलाई सहयोग पुर्‍याउनु बैंकको कर्तव्य भएको बताउनुभयो। उहाँले हरैचा खानेपानी संस्था जस्तो सम्मानित संस्थासँग सहकार्य गर्न पाएकोमा सन्तोष व्यक्त गर्नुभयो।

शाखा प्रमुख पौडेलका अनुसार लुम्बिनी विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो, जसले नेपालभर आधुनिक बैंकिङ सेवा विस्तार गरिरहेको छ। उनले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई निरन्तरता दिइने जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *