गुरुपूर्णिमा विशेष कार्यक्रम: सिद्धार्थ सेकेण्डरी स्कुलमा विद्यार्थीहरूले गरे गुरुहरूलाई सम्मान
एलएन गच्छदार / जनचर्चा टाइम्स
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा अवस्थित सिद्धार्थ सेकेण्डरी स्कुलमा गुरुपूर्णिमाको अवसरमा एक भव्य तथा आत्मीय कार्यक्रम सम्पन्न भएको छ। “गुरु बिना ज्ञान अधुरो हुन्छ” भन्ने मुल मन्त्रलाई आत्मसात् गर्दै विद्यार्थीहरूले आफ्ना शिक्षकमाथि सम्मान प्रकट गर्दै विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले आफ्ना शिक्षकमाथि गहिरो सम्मान प्रकट गर्दै टिका अर्पणजस्ता विविध कार्यक्रममार्फत गुरुप्रति श्रद्धा व्यक्त गरेका थिए।
विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले भने,
“शिक्षक र विद्यार्थीबीचको सम्बन्ध केवल कक्षा कोठासम्म सिमित हुनु हुँदैन। ज्ञान, अनुशासन र प्रेरणाको आदान–प्रदान यही सम्बन्धको मूल आधार हो। आजको दिनमा विद्यार्थीहरूले देखाएको श्रद्धा अत्यन्तै प्रेरणादायी छ।”
उक्त कार्यक्रममा शिक्षकहरूले पनि विद्यार्थीहरूलाई जीवनमा शिक्षाको महत्व र नैतिकताको आदर्श सिकाउने प्रेरणादायी मन्तव्य राखेका थिए। गुरु र शिष्यबीचको आत्मीयता र विश्वासको प्रतिविम्बस्वरूप आयोजित यो कार्यक्रम विद्यालय परिवारका लागि साँच्चिकै अविस्मरणीय बन्यो।
गुरुपूर्णिमा जसरी श्रद्धा, ज्ञान र आत्मीयताको समर्पण दिवस हो, त्यसलाई सिद्धार्थ सेकेण्डरी स्कुलले मनाउने शैली अरू विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बनेको छ।
