दुहबीमा बिद्यार्थीलाई सुइटर   बितरण

बिद्यार्थीलाई सुइटर   बितरण
चन्दन रौनियार
दुहबी /जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले वडा  न. ६ को कार्यालय दुहबी  नगरपालिका वडा नं ६ स्थित रहेको पंचायत अधारभुत  बिधालय कालि मन्दिर छेउमा अध्यन गर्ने कक्षा शिशु वालबिकास र  १ देखि ५ सम्मका ७५जना छात्र छात्रालाई न्यानो कपडा अन्तर्गत सुइटर एक औपचारिक कार्यक्रमका बिच बितरण गरिएको छ।बिधालय ब्यवस्थापन समितिका अध्यक्ष शिवु यादवको अध्यक्षता दुहबी वडा न.६ का अध्यक्ष घनश्याम हलुवाईको प्रमुख आतिथ्ययमा भएको कार्यक्रममा प्रखुख अतिथि मन्तव्यमा निक्कै चिसो बढेको र जाडोकै कारण विद्यालय आउन नसक्ने अवस्थाका बालबालिकाहरूलाई न्यानो कपडा वितरणले राहत पुगेको जाडो मौसममा साना बालबालिकाको स्वास्थ्यलाई राहत र पढाइमा सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयले न्यानो कपडा वितरण गर्ने योजना बनाएको    जाडो मौसममा न्यानो कपडाले बालबालिका निरन्तर विद्यालय जाने वातावरण बनाउन साथै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि राहत पुग्ने विश्वास राखिएको वडा अध्यक्ष घनश्याम हलुवाईले बताए ।
सौ कार्यक्रममा वडा सदस्य , बिधालयका प्रअ उमा खड्का ,पत्रकार चन्दन रौनियार ,स्थानिय सहिम मिया ,राजेश मण्डल ,  समाजसेवी ,बुद्धिजीवी ,शिक्षक /शिक्षिकाहरुको उपस्थित रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *