सुन्दरहरैचा नगरपालिका ५ को सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न

योगेन्द्र योगी
सुन्दरहरैचा : मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ५ को विकास निर्माण,सेवा प्रवाह एवम् नागरिक अन्तुष्टि सम्वन्धी सर्वाजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

सुन्दरहरैचा ५ तीनपैनी स्थित भानु साझा पुस्तकालयको सभाहलमा भएको उक्त सर्वाजनिक सुनुवाई कार्यक्रममा वडाध्यक्ष गणेश चौधरीले आ.व २०८०/८१ को कार्यसम्पादन प्रगति तथा उपलब्धि विवरणहरु प्रस्तुत गर्नुका साथै वडाबासीहरुले राखेका जिज्ञाषाहरुको समेत जवाफ दिएका थिए ।

वडाध्यक्ष चौधरीले सबै जनताको गुनासो सुन्न, समस्याको सामाधान गर्नका लागि र सेवाग्राहीबाट पृष्ठपोषण लिन यस पटक वडा नम्बर ५ मा सार्वजनिक सुनुवाई गरिएको जानकारी दिए । सार्वजनिक सुनुवाईमा खानेपानी, स्वास्थ्य, शिक्षा, फोहोरोमैला व्यवस्थापन, सडकवत्ति, बढी पहिरो व्यवस्थापन, वडाको कमजोर सुशासन प्रणालि लगायतका विषयमा सुनुवाईमा सहभागीले प्रश्न तथा सुझाव दिएका थिए ।

नमुना सामुदायिक वन उपभोक्ता समितका अध्यक्ष घनश्याम न्यौपानेले अब यसपाली बजेट बनाउदा खेरी तीनपैनी भन्दा माथि पनि मान्छे छन् भनेर बजेट निर्माण गर्दै सुझाव दिंदै ५ नम्बरको पानी ट्यांकी ६ नम्बरमा अफिस र ७ नम्बरको अध्यक्ष रहेको भन्दै तुरुन्त कार्यालय नवनिर्मित भवनमा सार्न माग गरेका थिए।

वडालाई पनि केहि बजेट छुट्याउन र सामुदायिक वनको सहयोगमा जंगलमा कुहिएका झारपातहरुलाई कम्पोस्ट मल बनाएर आयआर्जनमा पर्नेमा जोड दिएका थिए। वडाध्यक्ष चौधरीको सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।सर्वाजनिक सुनुवाई कार्यक्रमको सहजिकरण भने सामुदायिक रेडियो सारंगी एफएम १०१.३ मेगाहर्ज बलियाले गरेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ